covid19-sdmc.org मा आज बिहानसम्मको अपडेटमा जनाइएअनुसार सबैभन्दा धेरै संक्रमित भारतमा छन्। जनसंख्या पनि सबैभन्दा धेरै भएको भारतमा संक्रमित, मृतक र निको भएका गरी तीनवटै प्रकारमा बढी संख्या छ। ३७ हजार ७७६ जना संक्रमित भएको भारतमा एक हजार २२३ जनाको ज्यान गएको छ भने १० हजार १७ जना संक्रमणमुक्त भएका छन्।
भारतपछि बढी संक्रमित हुने देशहरूमा क्रमश: पाकिस्तान छ। त्यहाँ १८ हजार ८० जना संक्रमित भएकोमा ४३२ जनाको ज्यान भएको छ। त्यसपछि बंगलादेशमा १७५ र अफगानिस्तानमा ७२ जनाको मृत्यु भएको उक्त वेबसाइटमा उल्लेख छ।
श्रीलङ्का र माल्दिभ्समा पछिल्लो २४ घण्टामा कोभिड-१९ का कारण कसैको पनि ज्यान गएको छैन। हालसम्म त्यहाँ क्रमश: सात र एक जनाको मृत्यु भएको छ। कोभिड-१९ बाट हालसम्म एक जनाको पनि ज्यान नगुमाउने देशको सूचिमा दक्षिण एशियामा नेपाल र भुटान कायमै छन्। दुवै देशमा पछिल्लो २४ घण्टामा नयाँ संक्रमित पनि देखिएका छैनन्। हालसम्म नेपालमा ५९ जना संक्रमित भएकोमा १६ जना निको भइसकेका छन् भने भुटानमा सात जना संक्रमित भएकोमा पाँच जना निको भइसकेका छन्।
" /> covid19-sdmc.org मा आज बिहानसम्मको अपडेटमा जनाइएअनुसार सबैभन्दा धेरै संक्रमित भारतमा छन्। जनसंख्या पनि सबैभन्दा धेरै भएको भारतमा संक्रमित, मृतक र निको भएका गरी तीनवटै प्रकारमा बढी संख्या छ। ३७ हजार ७७६ जना संक्रमित भएको भारतमा एक हजार २२३ जनाको ज्यान गएको छ भने १० हजार १७ जना संक्रमणमुक्त भएका छन्।भारतपछि बढी संक्रमित हुने देशहरूमा क्रमश: पाकिस्तान छ। त्यहाँ १८ हजार ८० जना संक्रमित भएकोमा ४३२ जनाको ज्यान भएको छ। त्यसपछि बंगलादेशमा १७५ र अफगानिस्तानमा ७२ जनाको मृत्यु भएको उक्त वेबसाइटमा उल्लेख छ।

">