२६ वैशाखमा संघीय संसदको अधिवेशन बोलाउने सरकारको निर्णय
<p>काठमाडौं। सरकारले आउँदो २६ वैशाखमा संघीय संसदको बर्खे अधिवेशन बोलाउने निर्णय गरेको छ।</p>
<p>आज बसेको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।</p>
<p>१५ जेठमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्ने भएकाले त्यसअघि नै सरकारको नीति तथा कार्यक्रम पारित गर्न पनि अधिवेशन बोलाउन ढिलो भइसकेको थियो।</p>
<p>केही दिनअघि मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद भवनको अवलोकन गरेका थिए।</p>
प्रतिक्रिया दिनुहोस्