सेभ द चिल्ड्रेनद्वारा स्वाथ्य मन्त्रालयलाई पीपीई र मास्क सहयोग

काठमाडौं। कोभिड-१९रोकथाम तथा नियन्त्रणका लागि सेभ द चिल्ड्रेनले सरकारलाई स्वास्थ्य सामग्रीहरु सहयोग गरेको छ।

सेभ द चिल्ड्रेनले एक हजार ७४३ थान पीपीई सहित एन ९५ मास्क लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराएको हो।

सेभ द चिल्ड्रेन नेपालकी कार्यबाहक प्रमुख बन्दना रिसालले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई ती सामग्री हस्तान्तरण गरिन्।

सहयोग गरिएका सामग्रीमध्ये ३४३ थान पीपीई प्रदेश २ को लागि र २०० थान कर्णाली प्रदेशको लागि उपलब्ध गराइदिन सेभ द चिल्ड्रेनले मन्त्रालयलाई आग्रह गरेको छ।

सामग्री बुझ्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले बजारमा अभाव भएको सामग्री खोजेर मन्त्रालयलाई गरेको सहयोगप्रति आभार जनाएका छन्।

नेपालमा सेभ द चिल्ड्रेनले विगत ४० वर्षदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्