तीन सुरक्षा अधिकारी सम्मानित

काठमाडौँ। नेपाली सेनाले तीन जना विशिष्ट व्यक्तिहरुलाई ‘हल अफ फेम’ उपाधिबाट सम्मानित गरेको छ।

सम्मानित हुनेमा प्रधान सेनापति पूर्णचन्द्र थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र सशस्त्र प्रहरी बलका पूर्वमहानिरीक्षक शैलेन्द्र श्रेष्ठ छन्।

नेपाली सेनाको आर्मी कमान्ड एन्ड स्टाफ कलेज शिवपुरीमा सञ्चालित कमान्ड तालीम पूरा गरी सुरक्षा निकायको उच्च नेतृत्वमा पुगेर देशको लागि उत्कृष्ट सेवा पुर्‍याएकोमा उनीहरुलाई सम्मान गरिएको हो।

सन् १९९२ मा स्थापना भएको स्टाफ कलेजमा हाल २६ औँ व्याचको कमान्ड तालीम जारी छ।

अहिलेसम्म ९७२ जना अधिकृतहरुले तालीम लिइसकेको नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। तीमध्ये ७३ जना विदेशी अधिकृतहरु छन्।

कलेजले हिजो शिवपुरीमा आयोजना गरेको कार्यक्रममा कलेजका शिक्षाध्यक्ष एवं उपरथी ईश्वर हमालले सो सम्मान र कलेजको प्रमाणपत्र प्रदान गरे।

प्रतिक्रिया दिनुहोस्