'सचिवालयको निर्णयबाट गलत प्रवृति हार्‍यो, पार्टीले जित्यो'
काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेकपाभित्रका गलत प्रवृति पराजित भएको टिप्पणी गरेका छन्।

हिजो साँझ सम्पन्न नेकपा सचिवालय बैठकको निर्णयलाई उल्लेख गर्दै उनले त्यसबाट पार्टीको भने जित भएको उल्लेख गरेका छन्।

"हिजोको निर्णय कसैको जित वा कसैको हार होइन, यो त गलत प्रवृत्तिको हार र समग्र पार्टीको जीत हो", उनले फेसबुकमा लेखेका छन्।

अध्यादेश प्रकरणपछि नेकपामा चुलिएको विवादले शक्तिसंघर्ष उत्कर्षमा पुगेको थियो।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध मोर्चाबन्दी गरेका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाललगायतले ओलीको राजीनामा मागेका थिए।

तर, २० वैशाख साँझको सचिवालय बैठकले आत्मालोचनासहित यो असमझदारी अन्त्य गर्ने निर्णय गरेको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्