काठमाडौं। १८ वैशाख बिहान ८ः४५ मा बलिउड अभिनेता ऋषि कपुरको निधन भयो। सोही दिन साँझ ऋषिको अन्तिम क्षणमा गीत सुनिरहेको भन्दै एउटा भिडिओ भाइरल भयो।
थुप्रै सञ्चारमाध्यमले त्यसलाई समाचार बनाए। तर, १९ वैशाखमा सेन्टर फर मिडिया रिसर्च र माइसंसार (ब्लग)ले संयुक्तरूपमा गरेको तथ्य जाँचमा यो समाचार गलत रहेको थाहा लाग्यो। धीरजकुमारले तीन महीना अघि, ३ फेब्रुअरी २०२० मै यो भिडिओ अपलोड गरेका रहेछन्। भिडिओ भाइरल भएपछि धीरजले अर्काे भिडिओ राखेर गलत अफवाह नफैलाउन पनि भनेका रहेछन्।
त्यस्तै केही दिनअघि विश्व स्वास्थ्य संगठनले नेपाललाई कोभिड-१९ को उच्च जोखिमको सूचीबाट हटाएको समाचार प्रसारण भयो। सरकारी समाचार संस्था, राष्ट्रिय समाचार समिति (रासस)ले प्रवाह गरेको यो समाचार धेरै सञ्चारमाध्यमले जस्ताको तस्तै प्रसारण गरे। त्यो पनि गलत तथ्य भएको पुष्टि भयो।
त्यतिमात्र होइन सञ्चारमाध्यमहरू नेपालमा संक्रमितको संख्या कति पुग्यो भन्नेमा पनि झुक्किए। संक्रमितको संख्या ५७ पुग्दै गर्दा धेरैजसो सञ्चारमाध्यमले ५८ लेखे। पछि आफ्नो गल्ती थाहा पाएपछि भूलसुधार गरे।
समाचारको दुनियाँमा यस्ता थुप्रै गलत तथ्यहरू प्रसारण भएको पाइन्छ। कोभिड-१९ को महामारी फैलिन थालेपछि त कोरोना भाइरस, यसको संक्रमण र यसबाट जोगिने उपायबारे अनेकौं अफवाह प्रसारण भएको छ। यस्ता गलत सूचना धेरैजसो सामाजिक सञ्जालबाट फैलिएका छन्। तर, सञ्चारमाध्यमले त्यसलाई फैलाउन मद्दत गरेका छन्।
सञ्चारमाध्यममा छापिएका समाचार आममानिसले सजिलोसँग पत्याउँछन्। र, पूर्ण सत्यको रूपमा लिन्छन्। त्यसो त सञ्चारमाध्यमको धर्म नै सत्य समाचार प्रवाह गर्नु हो। तर, आफ्नो धर्मबाट सञ्चारमाध्यम चुक्दा त्यसको असर आममानिसलाई पर्ने गर्छ।
त्यहीकारण प्रेसलाई हेर्ने धारणामा पनि समस्या उत्पन्न थाल्छ। कालान्तरमा यसरी बढ्दै जाने धारणा नै प्रेस स्वतन्त्रतामा अंकुश लगाउने बहाना पनि बन्ने गरेको छ। आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइरहँदा प्रेस स्वयंलाई आफ्नो धर्म सही तरिकाले पूरा गर्ने जिम्मेवारी पनि थपिएको छ।
यो जिम्मेवारी कसरी पूरा गर्ने त ?
गलत सूचना प्रवाह गर्नबाट जोगिन पत्रकार एवं मिडियाले कुनै पनि स्रोतबाट पाएको जानकारी वा फैलिएको समाचारलाई एकैपटक विश्वास गर्न नहुने पत्रकार एवं लेखक मोहन मैनाली बताउँछन्। सञ्चारमाध्यमले प्रकाशन/प्रसारण गरेका समाचारमा रहेका तथ्य जाँच गर्ने संस्था ‘साउथ एशिया फ्याक्ट चेक’का सम्पादक रहिसकेका मैनाली पत्रकारले सूचना पाउनासाथ लेख्न हतार गर्न नहुने बताउँछन्। कुनै पनि स्रोतले किन आफूलाई सूचना दिइरहेछ भनेर पनि शंका गर्नुपर्ने उनी सुझाव दिन्छन्।
“कुनै पनि पत्रकारले समाचार बनाउन जे-जे नियम पुर्याउनुपर्ने हो, त्यो सबै पूरा गरेको हुनुपर्छ”, मैनाली भन्छन्, “सानो होस् या ठूलो समाचार, हतार भयो भनेर प्रक्रिया नै नपुर्याई कुनै पनि समाचार छाप्नुहुँदैन। बरू समाचार ढिलो छाप्दा हुन्छ किनकी गलत सूचना छापिसकेपछि माफी हुँदैन।”
मैनालीका अनुसार अहिलेको जस्तो महामारीको समयमा झुट बोल्ने मानिस झन् धेरै हुन्छन्। त्यसैले पनि पत्रकार सजग हुनुपर्छ। आफूबाट सही सूचना मात्रै जाओस् भनेर ध्यान दिनुपर्छ।
बरिष्ठ पत्रकार एवं ‘शिक्षक’ मासिकका सम्पादक राजेन्द्र दाहाल पनि हरेक पत्रकारले आफूले पाएको कुनै पनि जानकारीको पुनः जाँच गर्नुपर्ने बताउँछन्। अहिलेको जस्तो महामारीमा मात्र नभई सामान्य अवस्थामा पनि पत्रकारहरूले एउटै स्रोतमा भर पर्न नहुने उनी सुझाव दिन्छन्। सजिलो तरिकाले पाएका समाचार विश्वसनीय नहुन पनि सक्नेतर्फ उनी सचेत गराउँछन्।
“नेपालमा संख्यालाई नै हेडलाइन बनाउने चलन बढी छ। पत्रकार र मिडिया रेकर्ड किपिङ गर्ने जस्तो हुनुहुन्न। फुटबल, क्रिकेट जस्तो ‘वान मोर’, ‘वान मोर’ भन्दै पत्रकारहरू संख्याको पछि लाग्नु हुन्न”, दाहाल भन्छन्, “विदेशका केही राम्रा मिडियाहरू हेर्ने हो भने उनीहरू संख्या गणना गरेर बसेका छैनन। बरू मृतकको संख्या घट्दो छ वा बढ्दै छ भनेर ट्रेण्ड फलो गर्छन्। कसरी, किनको जवाफसहितका समाचार लेख्छन्। हामीले पनि समाचार लेख्दा घटनालाई नयाँ तरिकाबाट हेर्नुपर्छ।”
काम गर्दागर्दै लापरबाही वा नबुझेर गल्ती हुन सक्ने भएकाले पत्रकार र सञ्चारमाध्यमले गल्ती स्वीकार्न सिक्न पनि दाहाल सुझाव दिन्छन्। भन्छन्, “गल्ती भएपछि लुसुक्क हटाउनु हुँदैन। क्षमासहित हटाउनुपर्छ। गल्ती स्वीकार्न लाज मान्नुहुन्न। हामीले दया गर्ने होइन पाठकलाई। कहिलेकाहीँ हामीले विश्वास गरेर जानकारी लिएका स्रोतहरूले पनि गल्ती गरेको हुन सक्छ। त्यसको जिम्मेवारी पनि हामीले लिन तयार रहनुपर्छ। र सच्याउनुपर्छ।”
सञ्चारमाध्यम र पत्रकार सचेत हुँदाहुँदै पनि गल्ती हुनु एउटा कुरा हो। कतिपयले त अफवाह फैलाउनकै लागि पनि सञ्चारमाध्यमको दुरूपयोग गर्छन्। जस्तो कि, कोभिड–१९ महामारी फैलिएपछि विवेक थापा मगरले ‘झोर्ले न्यूज अनलाइन’बाट ‘नेपालमा कोरोना संक्रमित लुकाइएको’ अफवाह फैलाएका थिए। प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेपछि उनले आफूले सञ्चालन गरेको पेजमा सदस्य संख्या बढाउन त्यस्तो अफवाह फैलाउने सूचना दिएका थिए। इन्टरनेट र सामाजिक सञ्जालको व्यापकता बढ्दै जाँदा अफवाह फैलाउन झनै सजिलो भएको छ। संवेदनशील समयमा सानो अफवाहले पनि ठूलो समस्या निम्त्याउन सक्छ।
सेन्टर फर मिडिया रिसर्च नेपालका अध्ययनकर्ता उज्ज्वल आचार्य भन्छन्, “यस्तो समयमा मानिसहरू समाचार पढिरहेका हुन्छन्, यदि कुनै गलत सूचना प्रसारण भयो भने कुनै समुदाय वा क्षेत्रलाई नै असर पुग्न सक्छ। त्यसैले पत्रकार जिम्मेवार रहनुपर्छ।”
कुनै पनि समाचारमा कसैको भनाइ लिँदा, ऊ त्यससम्बन्धी बोल्न उपयुक्त व्यक्ति हो वा होइन, कुनै पनि संस्थाको आधिकारिक व्यक्ति हो वा होइन भनेर बुझ्न पर्ने उनी बताउँछन्।
" /> काठमाडौं। १८ वैशाख बिहान ८ः४५ मा बलिउड अभिनेता ऋषि कपुरको निधन भयो। सोही दिन साँझ ऋषिको अन्तिम क्षणमा गीत सुनिरहेको भन्दै एउटा भिडिओ भाइरल भयो।थुप्रै सञ्चारमाध्यमले त्यसलाई समाचार बनाए। तर, १९ वैशाखमा सेन्टर फर मिडिया रिसर्च र माइसंसार (ब्लग)ले संयुक्तरूपमा गरेको तथ्य जाँचमा यो समाचार गलत रहेको थाहा लाग्यो। धीरजकुमारले तीन महीना अघि, ३ फेब्रुअरी २०२० मै यो भिडिओ अपलोड गरेका रहेछन्। भिडिओ भाइरल भएपछि धीरजले अर्काे भिडिओ राखेर गलत अफवाह नफैलाउन पनि भनेका रहेछन्।

">