काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले नै सीमानाका खोल्न नसकिने बताएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकमा उनले सीमानाकामा थप कडाइ गरिने पनि बताए।

लकडाउनलाई प्रभावकारी कार्यान्वयन गराउन मन्त्रीहरूलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले सीमानाकामा थप कडाइ गरिने बताएका हुन्।

कोरोना भाइरस संक्रमण विस्तार हुन नदिन सरकारले ९ चैतदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द गरेको थियो। ११ चैतदेखि लकडाउन लागू गरेको थियो।

पछिल्लोपटक थपेको लकडाउनको अवधि २५ वैशाखमा सकिदैछ।

बैठकमा प्रधानमन्त्री ओलीले सरकारलाई सफल बनाउने गरी आ–आफ्नो मन्त्रालयको काममा केन्द्रित हुन सबै मन्त्रीलाई निर्देशन समेत दिए।

“हिजो बसेको सचिवालय बैठकले पनि सरकारलाई सफल बनाउने विषयमा नै छलफल गरेको छ”, प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै एक मन्त्रीले भने, “तपाईंहरू पनि मन्त्रालयको काममा केन्द्रित हुनुस्। सबैको पहल र प्रयत्नबाट पार्टीलाई थप मजबुत बनाउने सहमति भएको छ।”

नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले नेकपाको एकता थप बलियो बनेको र यसले सबैलाई फाइदा मिल्ने बताए। पार्टीलाई एकताबद्ध बनाउन भूमिका खेलेको भन्दै उनले मन्त्रिपरिषद्का सदस्यहरूलाई पनि धन्यवाद दिए।

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले नै सीमानाका खोल्न नसकिने बताएका छन्।

"> अहिले नै सीमानाका खोल्न सकिन्न, थप कडाइ हुन्छ : प्रधानमन्त्री: Dekhapadhi
अहिले नै सीमानाका खोल्न सकिन्न, थप कडाइ हुन्छ : प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले नै सीमानाका खोल्न नसकिने बताएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकमा उनले सीमानाकामा थप कडाइ गरिने पनि बताए।

लकडाउनलाई प्रभावकारी कार्यान्वयन गराउन मन्त्रीहरूलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले सीमानाकामा थप कडाइ गरिने बताएका हुन्।

कोरोना भाइरस संक्रमण विस्तार हुन नदिन सरकारले ९ चैतदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द गरेको थियो। ११ चैतदेखि लकडाउन लागू गरेको थियो।

पछिल्लोपटक थपेको लकडाउनको अवधि २५ वैशाखमा सकिदैछ।

बैठकमा प्रधानमन्त्री ओलीले सरकारलाई सफल बनाउने गरी आ–आफ्नो मन्त्रालयको काममा केन्द्रित हुन सबै मन्त्रीलाई निर्देशन समेत दिए।

“हिजो बसेको सचिवालय बैठकले पनि सरकारलाई सफल बनाउने विषयमा नै छलफल गरेको छ”, प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै एक मन्त्रीले भने, “तपाईंहरू पनि मन्त्रालयको काममा केन्द्रित हुनुस्। सबैको पहल र प्रयत्नबाट पार्टीलाई थप मजबुत बनाउने सहमति भएको छ।”

नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले नेकपाको एकता थप बलियो बनेको र यसले सबैलाई फाइदा मिल्ने बताए। पार्टीलाई एकताबद्ध बनाउन भूमिका खेलेको भन्दै उनले मन्त्रिपरिषद्का सदस्यहरूलाई पनि धन्यवाद दिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्