अवैध सालको काठ बरामद

गोरखा। प्रहरीले गोरखा नगरपालिका–१० छेवेटार बजारबाट अवैध सालको काठ बरामद गरेको छ।

बजारनजिकैको बगैँचामा बेवारिसे अवस्थामा राखिएको ४५.४५ थान क्यूफिट काठ बरामद गरिएको डिभिजन वन कार्यालय गोरखाले जनाएको छ ।

बरामद भएको सालको काठ दुई लाख ७२ हजार ७०० रूपैयाँ बराबरको रहेको सहायक वन अधिकृत महेश पौडेलले बताए।

काठ कसले र कहाँ लैजान लागेको हो भन्ने जानकारी नभएकाले प्रहरीसँग समन्वय गरी वन कार्यालयले अनुसन्धान गरिरहेको छ।

बरामद भएको काठ प्रक्रिया पुर्‍याएर लिलामी गरिने छ।

प्रतिक्रिया दिनुहोस्