केकीले भनिन्- ‘हामीले अझै केही समय यसरी नै एक अर्कालाई साथ दिनुछ’
<p>काठमाडौं। नायिका केकी अधिकारीले अझै केही समय घरमै बसेर लकडाउनको पूर्ण पालना गर्न सबैमा अनुरोध गरेकी छन्।</p>
<p>लकडाउनदेखि घरमै बसिरहेकी नायिका अधिकारीले अझै केही समय धैर्य भएर बस्नुपर्ने बताएकी हुन्।</p>
<p>लकडाउनको ४१ औं दिनमा सामाजिक सञ्जाल फेसबुकमा सबैलाई अनुरोध गर्दै भनेकी छन्, "हामीले अझै केही समय यसरी नै एक अर्कालाई साथ दिनुछ है।"</p>
<p>घरमा रहेका बेला सबैलाई स्वस्थ्य र सुरक्षित रहनसमेत आग्रह गरेकी छन्। हातमा पञ्जा र मुखमा मास्क लगाएका तस्वीर पनि सार्वजनिक गरेकी छन्।</p>
प्रतिक्रिया दिनुहोस्