रेखाकाे मन लकडाउनमा झन् चञ्चल !

काठमाडौं। अभिनेत्री तथा निर्मात्री रेखा थापा यतिबेला फुर्सदमा छिन्।

लकडाउनका कारण बाहिर जान नपाएपछि घरमै बसेर दिन कटाइरहेकी छन्।

उनी घरबाटै कोरोना भाइरसबारे सचेतना जगाउनेदेखि लिएर सरकारलाई खबरदारी समेत गर्दै आएकी छन्।

लकडाउनले उनलाई पनि अत्यास लागेको छ। सामाजिक सञ्जालमा निकै सक्रिय रेखाले लकडाउनका बेला त्यसलाई झन् बढाएकी छन्।

त्यही सामाजिक सञ्जालमार्फत् उनले आफ्नो मनको कुरा पोखेकी छन्। बाहिरी दुनियाँ लकडाउनमा रहे पनि आफ्नो मन चञ्चल भएको जनाएकी छन्।

फेसबुकमा लेखेकी छन्, "बाहिर दुनियाँ पो लकडाउन छ त! मन त झन् व्यस्त हुँदो रहेछ नानाभाँती सोच्न।"

प्रतिक्रिया दिनुहोस्