एकैदिन १० जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ६९ पुग्यो
काठमाडौं। नेपालमा आज एकैदिन १० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।

नेपालगञ्ज प्रयोगशालामा गरिएको परीक्षणमा त्यहाँ आज एकैदिन ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

संक्रमित मध्ये ५ जना पुरुष ४ जना महिला रहेका छन्। उनीहरू ७ देखि ५८ वर्ष उमेर समूह भित्रका रहेका छन्।

नेपालगञ्जमा यसअघि एकजनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए। संक्रमित सबैलाई उपचारका लागि अस्पताल ल्याउन लागिएको मन्त्रालयले जनाएको छ।

यस्तै, आजै पर्साको वीरगन्ज महानगरपालिका-३ छपकैयामा एक ३६ वर्षीय पुरुषमा कोरोनामा संक्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए।

हालसम्म धनगढीमा एक, रुपन्देहीमा एक, भरतपुरमा एक, विराटनगरमा ३१ जना र वीरगञ्जमा ९ जना संक्रमित उपचाररत् छन्।

अहिलेसम्म १६ जना संक्रमित निको भएर घर फर्किसकेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्