हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सभा भवनको निरीक्षण गरेका छन्।
आज प्रदेशको राजधानी हेटौंडा-१० मा रहेको प्रदेश सभा भवनमा सभा संचालनका लागि भवनको अवलोकन गरेका हुन्।
अवलोकनका क्रममा मुख्यमन्त्री पौडेल र सभामुख सानुकुमार श्रेष्ठबीच भौतिक दूरी कायम गरेर बैठक संचालन गर्ने बिषयमा छलफल भएको थियो।
कोरोना भाइरस सङ्क्रमणको जोखिम कम गरी प्रदेश सभा सदस्यहरूलाई बस्ने व्यवस्था गरीने सभामुख श्रेष्ठले बताए।
बजेट ल्याउने समय भएपछि प्रदेश सभा आव्हान गर्न जरुरी रहेकोले संसद बोलाउने तयारीस्वरूप भवनको निरीक्षण गरिएको मुख्यमन्त्री पौडेलले बताए।
सभामुख श्रेष्ठले जेठको पहिलो हप्तासम्म प्रदेश सभा बोलाउने तयारी भइरहेको जनाए।
नीति तथा कार्यक्रम र बजेट ल्याउने विषयमा प्रदेश सरकारले छलफल गरिरहेको छ।
मुख्यमन्त्री पौडेलसँग आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेल, भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुयाँल, प्रमुख सचिव तोयम राया, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जेएन थपलियालगायत प्रदेश सभा भवन निरीक्षणमा पुगेका थिए।
" /> हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सभा भवनको निरीक्षण गरेका छन्।आज प्रदेशको राजधानी हेटौंडा-१० मा रहेको प्रदेश सभा भवनमा सभा संचालनका लागि भवनको अवलोकन गरेका हुन्।

">