मृगौला किनबेचको आरोपमा निदान अस्पतालका सीईओ पक्राउ
" /> मृगौला किनबेचको आरोपमा निदान अस्पतालका सीईओ पक्राउ
"> प्रहरीले शुरू गर्‍यो हालसम्म प्रत्यारोपण भएका सबै ‘केस’को अनुसन्धान: Dekhapadhi
प्रहरीले शुरू गर्‍यो हालसम्म प्रत्यारोपण भएका सबै ‘केस’को अनुसन्धान
अस्पताल प्रशासनकै मिलेमत्तोमा मृगाैला प्रत्यारोपण भएको आरोपमा सीईओ वीपेन्द्र प्रधान, जिल्ला प्रशासन कार्यालय ललितपुरका तत्कालीन प्रशासकीय अधिकृत रामचन्द्र आले (हाल गृहमन्त्रीको निजी सचिवालयमा कार्यरत), अस्पतालका कानुन अधिकृत कुमुदकुमार भट्टराई, चिकित्सक डा. राजेश पन्त र मृगाैला लिने शंकरलाल लामा पक्राउ परेका हुन्।
रामेछापको दोरम्बा–३ घर भइ काठमाडौं बस्दै आएका मृगाैला रोगबाट पीडित शंकरलाल लामालाई नक्कली नाता सम्बन्धको व्यक्तिमार्फत् २४ साउनमा मृगाैला प्रत्यारोपण गरिएको थियो।
त्यसपछि अस्पताल प्रशासन र मृगाैला रोगबाट पीडित व्यक्तिको परिवारले मिलेर गैर कानूनी रूपमा मृगाैला प्रत्यारोपण गरेको सूचना पाएपछि गहन अनुसन्धान थालेको मानब बेचविखन ब्यूरोले उनीहरूलाई पक्रिएको हो।
यो घटनामा मानव अंग किनबेचमा सक्रिय गिरोहको योजनामा रोगबाट पीडित व्यक्तिलाई मृगाैला दिने व्यक्ति तयार पारिएको थियो।
निश्चित नातासम्बन्धमा मात्रै अंग दान दिन पाइने कानूनी व्यवस्था भएकाले गिरोहले एक युवालाई आर्थिक प्रलोभन देखाएर रोग लागेका व्यक्तिको भान्जा नाता कायम गरायो।
रामेछापको दोरम्बा गाउँपालिका वडा नं. ३ को कार्यालयबाट लामाका वास्तविक भान्जाले नै मृगाैला दान गर्ने भनी नाता प्रमाणितको कागज तयार पारिएको थियो।
तर, उनी मृगाैला दिन अस्पतालमा आएनन्। बरु दलालकै समूहले नयाँ व्यक्ति तयार पारे। उनी लामाको भान्जा भएको कागज बनाए। सम्पूर्ण शारीरिक परीक्षण गरी उनको मृगाैला मिल्ने भएपछि लामाको वास्तविक भान्जासँगको नाता प्रमाणित गरिएको कागजमा नक्कली भान्जाको फोटो टाँसियो।
यो घटना सार्वजनिक भएपछि नेपालमा पनि मानव अंग किनबेच गर्ने गिरोह सक्रिय रहेको हुनसक्ने आशंका उब्जिएको छ।
मानब बेचविखन अनुसन्धान ब्यूरोका प्रवक्ता एसपी गोविन्द थपलियाले भने,“यस्तो घटना अहिलेसम्म आएको थिएन्, यसको गहन अनुसन्धान गर्दैछौं।”
निदान अस्पतालले मृगाैला प्रत्यारोपणबापत् पाउने रकमका लागि मात्रै गैरकानूनी काम नगरेको हुन सक्ने अनुसन्धान अधिकृतहरू बताउँछन्। “ठूलै आर्थिक चलखेल भएकाे हुनसक्छ,” एक अनुसन्धान अधिकृतले भने,“वास्तविकता अनुसन्धानपछि खुल्ने नै छ।”
ब्यूरोका प्रवक्ता एसपी थपलिया मिर्गाैला दिने व्यक्तिको खातामा लामाको परिवारले तीन लाख रूपैयाँ जम्मा गरेको देखिएको बताउँछन्।
तर, यो घटनामा जम्मा कति रकमको चलखेल भएको थियो भन्नेबारे भने प्रहरीले अनुसन्धान सकेपछि मात्रै स्पष्ट हुनेछ।
नक्कली नाता कायम गरेर व्यक्तिको मृगाैला प्रत्यारोपण गरिएको पाइएपछि प्रहरीको मानब बेचविखन अनुसन्धान ब्यूरोले नेपालमा मृगाैला प्रत्यारोपण शुरू भएदेखिका सबै केसको अनुसन्धान अघि बढाउन लागेको छ।
“हामीले अहिलेसम्म देशैभर मृगाैला प्रत्यारोपण गरिएका सबै केसको विस्तृत अध्ययन शुरू गरेका छौं,” निदान अस्पताल जोडिएको पछिल्लो घटनाको अनुसन्धान गरिरहेका डीएसपी राजकुमार सिलवालले भने, “यसअघि गरिएका मृगाैला प्रत्यारोपणमा पनि यस्तै भएको हुनसक्ने आशंकाले अनुसन्धान गर्न लागेका हौं।”
नेपालमा अहिले वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, सहिद धर्मभक्त राष्ट्रिय मानव अङ्ग प्रत्यारोपण केन्द्र, चितवन मेडिकल कलेज, ग्राण्डी इन्टरन्यासनल, निदान र सुमेरु अस्पतालमा मृगाैला प्रत्यारोपण हुँदै आएको छ।
ब्यूरोले यी सातवटै अस्पतालले अहिलेसम्म गरेका मृगाैला प्रत्यारोपणका केसहरूको अनुसन्धान गर्न कागजात र विवरण माग गरेको हो। केही अस्पतालले विवरण पठाइसकेका पनि छन्।
नक्कली व्यक्ति खडा गरेर गैरकानूनीरूपमा मृगाैला प्रत्यारोपण गरेको आरोप लागेको निदान अस्पतालले हालसम्म ६ जनामा मृगाैला प्रत्यारोपण गरेको छ। ब्यूरोले ती सबैको अनुसन्धान गर्दैछ।
मृगाैला प्रत्यारोपण गर्नुअघि प्रशासन र अस्पतालको चार सदस्यीय समितिले प्रमाणित गर्नुपर्ने हुन्छ। अस्पतालका प्रशासन प्रमुख, असम्बन्धित चिकित्सक, कानून अधिकृत र जिल्ला प्रशासन कार्यालयका अधिकृत सम्मिलित टोलीले मृगाैला दिने र लिनेको नाता प्रमाणितसहितका कागजात हेरेर प्रत्यारोपणको स्वीकृति दिनुपर्छ।
यसपटक सार्वजनिक भएको घटनामा निदान अस्पतालमा मृगाैला प्रत्यारोपण चिकित्सक पुकारचन्द्र श्रेष्ठले गरेका थिए। उनी भक्तपुरमा रहेको शहीद धर्मभक्त राष्ट्रिय मानव अङ्ग प्रत्यारोपण केन्द्रका निर्देशकसमेत हुन्।
ब्यूरोका प्रवक्ता एसपी थपलियाले निदान अस्पतालमा गरिएको मृगाैला प्रत्यारोपण मुद्दामा पक्राउ परेका बाहेक अन्य व्यक्तिको पनि संलग्नता हुन सक्ने बताए।
मृगाैला किनबेचका धेरै घटना भारतमा सार्वजनिक हुँदै आएका भए पनि नेपालमासमेत अवैध रूपले व्यापार हुन थालेको पछिल्लो घटनाले देखाएको छ।
एकदेखि तीन लाख रूपैयाँसम्म रकम दिने प्रलोभन देखाएर मृगाैला दिन चाहने मानिसहरू गिरोहले नै खोज्ने गरेको पाइन्छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार पाँचदेखि १० प्रतिशत मृगाैला प्रत्यारोपणका घटनामा मृगाैला लिने मानिसहरूले खरिद गर्नकै लागि विभिन्न देशको भ्रमण गर्ने गरेको पाइन्छ।
नेपालमा २४ साउन २०६५ मा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पहिलो मृगाैला प्रत्यारोपण गरिएको थियो। प्रोफेसर डेभिड फ्रान्सिस, शिक्षण अस्पतालका प्रा.डा. भोलाराज जोशी, डा. दिव्यासिंह शाह, डा. गुणकुमार श्रेष्ठसहित करिब २ सय स्वास्थ्यकर्मीको टोलीले पहिलोपटक मृगाैला प्रत्यारोपण गर्न सफल भएको थियो।
पढ्नुहाेस्ः
मृगौला किनबेचको आरोपमा निदान अस्पतालका सीईओ पक्राउ
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्