नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुग्यो, आज मात्रै १६ थपिए

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले साँझ नेपालगञ्जमा थप ६ जनामा कोभिड-१९ को संक्रमण देखिएको पुष्टि गरेको छ। आजै दिउँसो नेपालगञ्जमा ९ जनामा संक्रमण पुष्टि भएकोमा नयाँ ६ सहित नेपालगञ्जमा आजमात्रै १५ जना नयाँ संक्रमित भेटिएका छन्। आजै पर्साको विरगञ्जमा एक जनामा कोभिड-१९ पुष्टि भएको थियो।

यसरी आज एकैदिन १६ जना नयाँ संक्रमित भेटिएका हुन्। यसअघि ५९ जना संक्रमित रहेकोमा आज १६ जना थपिएसँगै संक्रमितको संख्या ७५ पुगेको हो।

आज भेटिएका संक्रमित नेपालमा एकैदिन भेटिएकामध्ये सबैभन्दा उच्च संख्या हो। यसअघि ५ वैशाखमा १५ जना संक्रमित भेटिएका थिए। त्यसपछि ९ वैशाखमा ११ जना भेटिएका थिए।

भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा आज १५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए। आज दिउँसो पहिलो चरणमा पुष्टि भएका ९ जनामा पाँच जना पुरुष चार जना महिला रहेका थिए। उनीहरू ७ देखि ५८ वर्ष उमेर समूहभित्रका छन्।

त्यस्तै आज स्वास्थ्य मन्त्रालयले दोस्रो चरणमा पुष्टि गरेका ६ जनामा नेपालगञ्ज उपमहानगरपालिका-८ का १६, २१ र ३४ वर्षका पुरुष तथा ४०, ५५ र ६० वर्षका महिलामा छन्।

प्रतिक्रिया दिनुहोस्