धनगढीका सुत्केरीलाई पाेषिलाे खाना
कैलाली। लकडाउनका बेला समस्यामा रहेका अतिविपन्न सुत्केरीहरूलाई पोषणयुक्त खाना दिन शुरू गरिएकाे छ।

सुत्केरीहरूलाई पाेषणयुक्त खानाकाे अभाव हुन नदिन नेविसंघ क्षेत्र ५ कैलाली र सुरक्षित मातृत्व सञ्जालको समन्वयमा 'आमा बचाउ, मानवता जगाउ' अभियान शुरू गरिएकाे हाे।

नेविसंघ क्षेत्र ५ का सभापति गजेन्द्रविक्रम शाहीले सुत्केरी आमाहरूलाई पोषणको कमी नहोस भन्नका लागि अभियानको शुरू गरिएकाे बताए।

अभियानलाई देश तथा विदेशबाट सहयोग प्राप्त भइरहेकाे उनकाे भनाइ छ।

उनले अहिलेलाई यो अभियान धनगढी उपमहानगरपालिकामा शुरू गरिएको र पछि अन्य क्षेत्रमा रहेका सुत्केरी आमाहरूलाई समेत पोषण खाना वितरण गरिने बताए। उनका अनुसार पोषण खानाअन्तर्गत २० किलाे चामल, एक लिटर खाने तेल, एक क्यारेट अण्डा, नुन, चिनी एक/एक किलाे, दाल दुई किलाे, आलु पाँच किलाे, डिटोल साबुन दुई थान र मास्क एक थान छ।

अहिलेसम्म नगरका विभिन्न वडाहरूमा ५० जना सुत्केरीलाई घरमै गएर पोषण खाना वितरण गरिएको  शाही बताउँछन्।

यो अभियान जारी रहेको बताउँदै उनले आफ्ना वरपर सुत्केरी आमाहरू भए ९८४८६०६६९० मा खबर गरेर सहयोग गरिदिनसमेत आग्रह गरे।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्