म्यान्मार । यङ्गोनस्थित सितागु अन्तर्राष्ट्रिय बौद्ध प्रतिष्ठानले नेपाललाई गौतम बुद्धका धातुका ३० मूर्ति प्रदान गरेको छ ।
प्रतिष्ठानका संस्थापक सितागु सायदले राष्ट्रपति विद्यादेवी भण्डारी, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्र शाक्यलाई बुद्धका विभिन्न मुद्राका मूर्ति हस्तान्तरण गरेका हुन् ।
उक्त अवसरमा परराष्ट्रमन्त्री ज्ञवालीले मूर्ति नेपाल–म्यान्मार दिगो सम्बन्धको प्रतीक भएको बताए ।
उनले साझा संस्कृति र दर्शन बोकेका नेपाल र म्यान्मारबीच सम्बन्ध अझ प्रगाढ हुने धारणा राखे ।
बुद्धका शान्ति, करुणा, मैत्री, अहिंसाका सिद्धान्त अझै सान्दर्भिक भएको बताउँदै नेपाल भ्रमण वर्षमा नेपाल र खासगरी लुम्बिनी घुम्न परराष्ट्रमन्त्रीले निम्तो समेत दिए ।
म्यान्मारका धार्मिक मामिला तथा संस्कृतिमन्त्री थुरा आङ कोले बुद्धका मूर्ति नेपाल–म्यान्मार सम्बन्धका प्रतीक हुने बताए । रासस