नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुग्यो, आज मात्रै १६ थपिए

" /> नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुग्यो, आज मात्रै १६ थपिए

"> नेपालमा एकै दिन भेटिए अहिलेसम्मकै धेरै संक्रमित: Dekhapadhi
नेपालमा एकै दिन भेटिए अहिलेसम्मकै धेरै संक्रमित
काठमाडौैं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज नेपालगञ्जमा १५ र वीरगञ्जमा एकजना गरी १६ जनामा कोभिड-१९ संक्रमण भएको पुष्टि गरेको छ। यो संख्या नेपालमा आजसम्मका संक्रमितमध्ये एकैदिन भेटिएको सबभन्दा बढी हो।

आज एकै दिनमा १६ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ७५ पुगेको छ। यसअघि ५ वैशाखमा एकैदिन १५ जनामा संक्रमण देखिएको थियो। त्यसको चार दिनपछि ९ वैशाखमा ११ जनामा संक्रमण देखिएको थियो। दोहोरो अंकको संंक्रमण देखिएको यी तीन दिन मात्रै हो। त्यसबाहेक एकै दिन दोहोरो अंकमा संक्रमण देखिएको छैन।

नेपालमा पहिलोपटक ९ माघमा संक्रमण देखिएकोमा त्यसको ठिक दुई महीनापछि ९ चैतमा दोस्रो संक्रमित भेटिएका थिए। त्यसपछि भने नेपालमा संक्रमित हुने दर बढिरहेको छ।

चैत महीनासम्ममा संक्रमित भेटिएका दिनमा अधिकतम दुईजनामा मात्र देखिएको थियो। १२ चैत, २० चैत र २२ चैतमा दुई/दुईजनामा संक्रमण देखिएको थियो। १५ चैत, २५ चैत र ३० चैतमा एक/ एकजना संक्रमित भेटिएका थिए। ९ माघदेखि चैत मसान्तसम्मको झण्डै तीन महीनामा ११ जना मात्र संक्रमित भेटिएकोमा १ वैशाख यताका २१ दिनमा ६४ जना संक्रमित भेटिएका छन्।

पढ्नुहोस्

नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुग्यो, आज मात्रै १६ थपिए

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्