नेपालगञ्जमा एकैदिन १५ संक्रमित भेटिएपछि कोहलपुरका नाका ‘सिल’

बाँके। नेपालगञ्जमा एकैदिन १५ जना कोरोना भाइरस संक्रमित भेटिएपछि कोहलपुरमा उच्च सतर्कता अपनाइएको छ।

कोहलपुर प्रवेशको दक्षिणी नाका (नेपालगञ्जसँग जाेडिने) पूर्णरूपमा ‘सिल’ गरिएको छ। आज बसेको सर्वदलीय/सर्वपक्षीय बैठकले कोहलपुर प्रवेश नाका पूर्णरूपमा बन्द गर्ने निर्णय गरेको हो।

नेपालगन्जबाट तरकारी, फलफूललगायत कोहलपुर भित्रने गरेको थियो। अबदेखि एम्बुलेन्स, पानी र ग्यास बाेक्ने बाहेकका सवारीसाधनलाई प्रवेशमा रोक लगाउने निर्णय भएको कोहलपुर नगरपालिकाका प्रेस सल्लाहकार भीम रावतले जानकारी दिए।

उनका अनुसार यसअघि कोहलपुर नगरपालिकाबाट तरकारी, फलफूललगायत बाेक्ने गाडीले लिएका पास पनि फिर्ता लिइनेछ।

बाँकेमा काेभिड-१९ का बिरामी १६ जना फेला परेका छन्।

प्रतिक्रिया दिनुहोस्