काठमाडौं। पर्सा, उदयपुर र बाँकेमा देखिएको कोरोना संक्रमणले समुदायमा संक्रमण फैलन सक्ने उच्च जोखिम देखिएको छ।
यी जिल्लाका धेरै मानिसहरूमा कोरोना संक्रमण देखिएपछि त्यसले विस्तारै समुदायसम्म संक्रमण फैलाउन सक्ने भन्दै स्वास्थ्य विज्ञहरूले उच्च सावधानी अपनाएर अघि बढ्नुपर्ने बताएका हुन्।
जनस्वास्थ्यविज्ञ डा. रविन्द्र पाण्डे तीन जिल्लामा देखिएको संक्रमितको अवस्था हेर्दा कसले कसलाई सारेको हो भन्ने पुष्टि हुन नसकेको बताउँछन्।
उनी अहिलेको अवस्थाले एउटा ठोस संकेत गरेको भन्दै उच्च सावधानी अपनाएर अघि बढ्नु आवश्यक रहेको धारणा राख्छन्।
“अहिले नै समुदायमा संक्रमण फैलिएको छैन तर, स्थानीयस्तरमा फैलिएको भन्ने संकेत प्रशस्त देखिएका छन्”, उनले देखापढीसँग भने, “अब पीसीआर परीक्षणको दायरालाई तीव्र बनाएर लैजानुपर्छ।”
सरकारले परीक्षण गरेकै कारणले अहिले संक्रमित देखिएको भन्दै जति धेरै दायरा बढाउन सक्यो त्यति धेरै संक्रमणको अवस्था पहिचान हुने र थप रणनीति बनाएर जान सकिने उनको सुझाव छ।
उनका अनुसार भारतसँग सीमा जोडिएका जिल्लाहरूमा सरकारले पीसीआर परीक्षणको दायरा बढाउनुपर्छ।
“सीमा क्षेत्रमा अझ कडाइ गर्नुपर्ने अवस्था छ। भारतको उत्तर प्रदेश र पश्चिम बंगाल क्षेत्रमा संक्रमण बढिरहेको छ। त्यो क्षेत्रसँग जोडिएका जिल्लामा बढी ध्यान दिनुपर्छ” उनले भने, “सीमा नाकामा सुरक्षाकर्मी र सीमाबासीको संयुक्त गस्ती गरेर सावधानी अपनाउनेतर्फ ध्यान दिनुपर्छ।”
सरकारले द्रुत गतिमा सीमा जोडिएका जिल्लामा पीसीआर विधिबाटै परीक्षण गरेर दायरा बढाउन सके यथार्थ अवस्था बाहिर आउने र थप सुरक्षा अपनाउन सहज हुने उनी बताउँछन्।
जनताले पनि लकडाउनको पालना र सामाजिक दूरी कायम गरेर बस्नु आवश्यक रहेको विज्ञहरूको भनाइ छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बाशुदेव पाण्डेय पनि अहिले नै समुदायमा संक्रमण फैलिनसकेको तर, उच्च जोखिम देखिएको बताउँछन्।
लकडाउनको पालना गर्ने र परीक्षणलाई ब्यापक बनाएर लैजानु आवश्यक रहेको उनको भनाइ छ।
“अहिलेसम्मको अवस्था भनेको धेरै नियन्त्रण भएकै छ। थप फैलिन नदिन अझ सावधानी सबैले अपनाउनु जरुरी छ”, उनले भने, “सबैभन्दा ठूलो चुनौती भनेकै सीमानाका हो। त्यहाँ अझै कडाइ गर्नुपर्ने आवश्यक देखिन्छ।”
कन्ट्याक्ट ट्रेसिङको दायरा बढाएर अघि बढाउनुपर्ने उनी बताउँछन्। अहिलको अवस्था हेर्दा धेरै तयारी गरेर अघि बढ्नुपर्ने अवस्था रहेको पाण्डेयको भनाइ छ।
सर्वसाधारण नागरिकले समेत सामाजिक दूरी बनाउनुपर्ने लगायत अनिवार्य रूपले स्वास्थ्य सचेतनाका काम गर्न पनि धेरै जरुरी रहेको उनी बताउँछन्।
बिरामी धेरै देखिए भन्दैमा समुदाय संक्रमण भएको भन्न नमिल्ने उनको तर्क छ। “तर, तयारी तीव्र पार्नुपर्ने अहिलको अवस्थाले देखाएको छ”, उनले भने।
" /> काठमाडौं। पर्सा, उदयपुर र बाँकेमा देखिएको कोरोना संक्रमणले समुदायमा संक्रमण फैलन सक्ने उच्च जोखिम देखिएको छ।यी जिल्लाका धेरै मानिसहरूमा कोरोना संक्रमण देखिएपछि त्यसले विस्तारै समुदायसम्म संक्रमण फैलाउन सक्ने भन्दै स्वास्थ्य विज्ञहरूले उच्च सावधानी अपनाएर अघि बढ्नुपर्ने बताएका हुन्।

">