"> नेपालमा कोभिड-१९ संक्रमित कहाँ-कति-कहिले ? (हेर्नुहोस् इन्फोग्राफिक्स): Dekhapadhi
नेपालमा कोभिड-१९ संक्रमित कहाँ-कति-कहिले ? (हेर्नुहोस् इन्फोग्राफिक्स)
काठमाडौं। नेपालमा सबैभन्दा पहिलो कोभिड-१९ संक्रमित ९ माघमा भेटिएका थिए। दोस्रो संक्रमित भेटिन ठ्याक्कै दुई महिना लाग्यो। ९ चैतमा दोस्रो संक्रमित भेटिएकोमा चैत मसान्तसम्ममा संक्रमितको संख्या ११ पुग्यो।

त्यसपछि भने संक्रमणको ग्राफ निरन्तर उकालो लागिरहेको छ। पछिल्लो २१ दिनमा नै ६४ जना संक्रमित भेटिएका छन्। आज पर्सामा १ र बाँकेमा १५ गरी जम्मा १६ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो संख्या नेपालमा एकैदिन भेटिएका संक्रमितको सर्वाधिक हो।

यसअघि ५ वैशाखमा उदयरपुरमा एकैदिन १५ जनामा संक्रमित भेटिएका थिए।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार सबैभन्दा धेरै प्रदेश १ को उदयरपुरमा २८ जना संक्रमित छन्। त्यसपछि प्रदेश ५ को बाँकेमा १६ जना र प्रदेश दुईको पर्सामा सात जना छन्।

संक्रमितमध्ये १६ जना उपचारपछि निको भएर फर्किसकेका छन्। ५९ जनाको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्