प्रदेश १ मा ७२७२ जनाको कोभिड–१९ परीक्षण
विराटनगर। प्रदेश १ मा सात हजार २७२ जनाको कोभिड–१९ परीक्षण गरिएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार आरडीटीतर्फ पाँच हजार ७१६ जनाकोे नमूना परीक्षण भएको छ।

त्यस्तै पीसीआरबाट एक हजार ५५६ जनाको परीक्षण गरिएको छ।

यस प्रदेशमा अहिलेसम्म ३१ जना संक्रमित भेटिका छन्। उनीहरूको कोशी अस्पतलमा उपचार भइरहेको छ।

प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या हिजो, २१ वैशाखसम्म कूल दुई हजार ६३ पुगेको छ।

कोरोना संक्रमणको आशंकामा स्वास्थ्यकर्मीको निगरानीमा आइसोलेसनमा ३८ जना छन्।

होम क्वारेन्टाइनमा जम्मा छ हजार ९२५ जना बसेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्