अमेरिकी सांसदहरूले अस्वीकार गरे कोभिड-१९ परीक्षण प्रस्ताव

वासिङ्टन। अमेरिकाका सांसदहरूले कोरोना भाइरस संक्रमण परीक्षण गर्ने सरकारी प्रस्ताव अस्वीकार गरेका छन्।

सरकारले एक हजार जनामा र्‍यापिड डायग्‍नोस्टिक टेस्ट (आरडीटी) को प्रस्ताव ल्याएको थियो।

संसद्को तल्लो सदन कंग्रेसकी अध्यक्ष न्यान्सी पेलोसी र माथिल्लो सदन सिनेटका नेता तथा रिपब्लिकन सांसद मिच म्याकनेलले संयुक्त विज्ञप्ति प्रकाशित गर्दै सांसदहरूमा कोरोना भाइरस परीक्षणको सरकारी प्रस्तावप्रति धन्यवाद ज्ञापन गरे। र, भने, ‘तर, यसको सबैभन्दा बढी आवश्यकता जहाँ छ, त्यहीं पठाउनु होला।’

राष्‍ट्रपति डोनाल्ड ट्रम्पले भने उक्त सरकारी प्रस्ताव सरकारका दुवै सदनले अस्वीकार गर्नु राजनीतिबाहेक केही नभएको ट्विटमार्फत प्रतिक्रिया दिएका छन्।

उपल्लो सदन सिनेट बैठक जारी छ। तर, चिकित्सकहरूको सल्लाहअनुसार तल्लो सदनको बैठक स्थगित गरिएको छ।

प्रतिक्रिया दिनुहोस्