फ्रान्स, इटाली र स्पेनमा घट्दै कोभिड-१९ का मृतक संख्या
लन्डन। पछिल्लो २४ घण्टामा फ्रान्स, इटाली र स्पेनमा कोभिड-१९ का बिरामीको मृत्यु उल्लेख्य संख्यामा कम भएको छ।

पछिल्लो २४ घण्टामा फ्रान्समा एक सय ३५, स्पेनमा एक सय ६४ र इटालीमा एक सय ७४ जनाको मृत्यु भयो।

मार्चपछि फ्रान्समा कोभिड-१९ का बिरामीको दैनिक मृत्यु यो सबैभन्दा कम हो।

आगामी ११ मेदेखि फ्रान्समा लकडाउन हटाउने तयारी भइरहेको छ। त्यसपछि बालबालिका विद्यालय जान पाउने छन्। केही व्यापार, व्यवसाय खुला हुने छन्। बिनाकागजात मानिसहरू एक सय किलोमिटर टाढासम्म जान पाउने छन्।

मृतक संख्यामा कति कमी आउँछ, त्यसैमा लकडाउन खुकुलो बनाउँदै लैजाने सरकारी योजना कार्यान्वयनमा आउने फ्रान्सका स्वास्थ्यमन्त्रीले बताएका छन्।

युरोपेली मुलुक र बेलायतबाट आउने व्यक्तिहरूले फ्रान्समा दुई साता क्वारेन्टाइनमा बिताउनुपर्ने छैन।

यस्तै, स्पेनमा पछिल्लो २४ घण्टाको मृतक संख्या डेढ महिनायताकै दैनिक मृत्युको सबैभन्दा कम हो। स्पेनमा सात सातायता पहिलोपटक बयस्क व्यक्तिलाई गत शनिबार घरबाहिर निस्किने अनुमति दिइयो।

आजदेखि मानिसहरू सार्वजनिक यातायातका साधनमा मास्क लगाएर यात्रा गर्न सक्ने छन्। र, व्यावसायिक कारोबार खुला हुने छ।

इटालीमा दुई महिनायता सबैभन्दा कम व्यक्तिको मृत्यु भयो। आजदेखि इटालीमा लकडाउन खुकुलो बनाउँदै लैजाँदैछ, सरकारले। तर, विद्यालय, सिनेमाघर र सपिङ मलहरू बन्द नै रहने छन्।

इटालीमा मृतक संख्या संसारकै दोस्रो स्थानमा छ। अमेरिकामा ६८ हजार जनाको मृत्यु भएको छ भने इटालीमा २८ हजार आठ सय ८४ जनाले कोभिड-१९ का कारण ज्यान गुमाएका छन्।

यसैबीच, फ्रान्समा २७ डिसेम्बर २०१९ मै कोरोना भाइरस पुगिसकेको पत्ता लागेको चिकित्सकहरूले बताएका छन्। कोभिड-१९ का बिरामीको नयाँ नमूना परीक्षणबाट उक्त तथ्य पत्ता लागेको चिकित्सकहरूको भनाइ छ।

पेरिसका एक चिकित्सकका अनुसार २७ डिसेम्बरमै कोरोना भाइरसका संक्रमित भेटिएका थिए। तर, त्यसको धेरै सातापछि मात्र फ्रान्सले आफ्नो मुलुकमा पनि संक्रमण भेटिएको बताएको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्