काठमाडौं। नेपाल भ्रमण वर्ष २०२० को लागि नेपाल सरकारले चिनियाँ हलिउड अभिनेत्री सु चिङ्गलाई सद्भावना दूत नियुक्त गरेकाे छ।
सोसल मिडियामा कराेडाैं फलाेअर भएकी चिङ्गलाई आज होटल सोल्टीमा प्रमाणपत्र हस्तान्तरण गर्दै दूत नियुक्त गरिएको हो।
चिङ्गलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले फूलको गुच्छा दिएका थिए भने राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले प्रमाणपत्र हस्तान्तरण गरेका थिए।
चिङ्गको माध्यमबाट भ्रमण वर्षले गुणात्मक फड्को मार्ने मन्त्री भट्टराईले बताए।
नेपाली भृकुटीले चीनका राजकुमारसँग विवाह गरेको प्रसंग सुनाउँदै भट्टराईले भने, “चिङ्ग भृकुटीको छोरी हुनुहुन्छ, नेपाल उहाँको मावली हो। आफ्नो मावलीमा साथीभाइ र अन्यलाई जानको लागि पक्कै पनि आग्रह गर्नुहुनेछ।’
प्रमाणपत्र लिएपछि बोल्दै चिङ्गले नेपाल गौतम बुद्धको देश भएको र नेपाल भ्रमण वर्ष २०२० को लागि सद्भावना दूत बन्न पाउँदा खुशी लागेको बताइन्।
पर्यटनलाई नेपालको अर्थतन्त्रको ‘ब्याकबोन’का रूपमा संयोजक वैद्यले व्याख्या गरे।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी दीपकराज जोशीले नेपालमा बर्सेनि ठूलो संख्यामा चिनियाँ पर्यटकहरू आउने गरेको र चिङ्ग जस्तो चर्चित सेलिब्रेटीको माध्यमबाट अन्य पर्यटकहरू पनि बढ्ने आशा व्यक्त गरे।
चिङ्गले सन् १९९० मा ‘लाइफ अन ब स्ट्रिङ’मार्फत् चिनियाँ फिल्मबाट डेब्यू गरेकी थिइन्।
उनले ‘डार्क अब्सेसन’, ‘द इम्पेरर्स स्याडो’, ‘आइ लभ यू टू’, ‘मिस्टर सिक्स’लगायत दर्जन बढी चिनियाँ र हलिउड फिल्ममा अभिनय गरेकी छन् । दर्जन बढी टेलिचलचित्रमा काम गरेकी छन्।
चिङ्गले १९९३ मा ‘रिप्लेस अक्रोस स्टेगनेन्ट वाटर’का लागि चौथो गोल्डेन फोनेक्स अवार्डमा सोसल अवार्ड जितेकी थिइन्।
त्यस्तै फिल्म ‘द फाउन्डिङ अफ रिपब्लिक’का लागि फस्ट मकाउ इन्टरनेशनल फिल्म फेस्टिभल र थर्टीएट हन्ड्रेड फ्लावर्स अवार्डमा ‘बेस्ट सपोर्टिङ’ अभिनेत्रीको अवार्ड जितेकी थिइन्।
फिल्म ‘अ ड्रिम लाइक अ ड्रिम’, ‘मिस्टर सिक्स’का लागि ‘उत्कृष्ट अभिनेत्री’ अवार्ड जितेकी छन्। त्यस्तै कान्स फिल्म फेस्टिभलको र्याम्पमा समेत हिँडिसकेकी छन्।
" /> काठमाडौं। नेपाल भ्रमण वर्ष २०२० को लागि नेपाल सरकारले चिनियाँ हलिउड अभिनेत्री सु चिङ्गलाई सद्भावना दूत नियुक्त गरेकाे छ।सोसल मिडियामा कराेडाैं फलाेअर भएकी चिङ्गलाई आज होटल सोल्टीमा प्रमाणपत्र हस्तान्तरण गर्दै दूत नियुक्त गरिएको हो।

">