२४ घण्टामा चीनमा कोभिड-१९ का तीन नयाँ बिरामी

बेइजिङ। पछिल्लो २४ घण्टामा चीनमा कोभिड-१९ का तीनजना मात्र नयाँ बिरामी फेला परेको अधिकारीहरूले बताएका छन्।

चीनको नेसनल हेल्थ आयोगले आज बिहान सार्वजनिक गरेको कोभिड-१९ को अवस्थाबारेको रिपोर्टअनुसार हिजो तीनजना मात्र बिरामी फेला परेका हुन्। ती सबै विदेशबाट आएको चिनियाँ नागरिक रहेको आयोगले जनाएको छ।

शनिबार चीनमा दुईजना मात्र नयाँ बिरामी फेला परेका थिए। बीबीसीका अनुसार बिनालक्षणका बिरामी भने चीनमा लगातार देखिइरहेका छन्।

पछिल्लो २४ घण्टामा यस्ता १३ जना बिरामी फेला परेको आयोगले जनाएको छ। शनिबार त्यस्ता १२ बिरामी फेला परेका थिए।

चीनमा हालसम्म ८२ हजार आठ सय ८० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। संक्रमित चार हजार ६ सय ३३ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्