कोभिड-१९ परीक्षणको लक्ष्य पूरा नभएकामा बेलायती स्वास्थ्य मन्त्रीको आलोचना

लन्डन। कोभिड-१९ का दैनिक एक लाख नमूना परीक्षण लक्ष्य पूरा नभएकामा बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यान्ककको आलोचना भइरहेको छ।

दी गार्जियनका अनुसार दैनिक ८० हजारभन्दा कम नमूना परीक्षण भइरहेको बताउँदै उनको आलोचना भएको हो।

गत शुक्रबार मन्त्री ह्यान्ककले दैनिक एक लाख नमूना परीक्षणको लक्ष्य पूरा भइरहेको दाबी गरेका थिए।

त्यसलगत्तै दैनिक ४० हजारभन्दा बढी मात्र नमूना परीक्षण भइरहेको र २४ घण्टामा ७६ हजार चार सय ९६ किट वितरण भइरहेको तथ्य सार्वजनिक भएको थियो।

इग्ल्यान्डका नेसनल मेडिकल डाइरेक्टरले भने परीक्षण क्षमता लगातार बढिरहेको तर त्यो एक लाखभन्दा कम रहेको स्वीकारेका थिए।

उनको भनाइ आउनुअघि यातायात मन्त्री ग्रान्ट साप्सले सुरुदेखि नै बेलायतमा नमूना परीक्षण क्षमता ठूलो थियो भने धेरै मानिसलाई बचाउन सकिने अवस्था रहेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्