प्रवासमा रहेका नेपालीलाई उद्धार गरौंः देउवा

धनगढी। कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रवासमा जोखिममा रहेका र उद्धारको पखाईमा रहेका नेपालीलाई सरकारले उद्धार गर्नुपर्ने बताएका छन्।

विभिन्न मुलुकका नेपाली जनसम्पर्क समितिका सभापति, महाधिवेशन प्रतिनिधि, पूर्वसभापति, महासमिति सदस्य तथा जनसम्पर्क समितिमा सक्रिय र एनआरएनमा आवद्ध कांग्रेस समर्थकहरूसँगको भर्चुअल बैठकमा देउवाले त्यस्तो आग्रह गरेका हुन्।

त्यस अवसरमा करिब डेढ सय जनाको सहभागिता थियो। करिब पाँच घण्टा चलेको बैठकमा देउवाले सहभागीहरूका कुरा धैर्यपूर्वक सुनेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर भारतलगायत प्रवासमा कठिन अवस्थामा रहेका नेपालीहरूलाई उद्धार गर्न आग्रह गरिसकेको देउवाले बताए।

उनले देश-विदेशमा रहेका सम्पूर्ण नेपालीलाई कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन अपिल गरे। र, कोभिड-१९ का कारण विदेशा ज्यान गुमााएका नेपालीप्रति श्रद्धाञ्‍जली अर्पण गरे।

कोभिड-१९ महामारीका बेला कांग्रेसले सरकारलाई पूर्ण साथ दिएको भए पनि सत्तारुढ नेकपाभित्रको विवादले जनतामा निराशा उत्पन्न गरेको देउवाले बताए।

छलफलमा कांग्रेस उपसभापति विमलेन्द्र निधि, देउवा पत्नी तथा कांग्रेस नेत्री डा. आरजु राणालगायत सहभागी थिए। केन्द्रीय सदस्य तथा जनसम्पर्क समन्वय विभाग प्रमुख गोविन्द भट्टराईले पनि विदेशमा रहेका नेपालीको अवस्थाबारे चासो राख्दै आफ्ना भनाइ राखेका थिए।

छलफलमा सहभागी प्रवासी नेपालीले संकटको घडीमा स्वदेश फर्कन चाहने नेपालीलाई फिर्ताका लागि पहल गरिदिन पार्टी नेतृत्वसँग अनुरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्