संघीय संसद्का कार्यवाहक महासचिव गोपालनाथ योगीका अनुसार दूरी कायम गरेर बैठक सञ्चालन गर्न सचिवालयले पहिलेदेखि नै तयारी गरिरहेको थियो। र, प्रत्येकको सुरक्षालाई ध्यानमा राखेर बस्ने सिटदेखि अरू सम्पूर्ण व्यवस्था गरिँदैछ। कार्यवाहक महासचिव योगीका शब्दमा संसद् बैठकको तयारी यस्तो छः
यो संकटको समयमा सुरक्षाका मापदण्ड अपनाएर अघि बढ्नुपर्ने हुन्छ। स्वास्थ्य सुरक्षाका मापदण्ड अवलम्बन गर्न हामीले स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरेका थियौं। मन्त्रालयबाट टिम आएर स्वास्थ्यसम्बन्धी आवश्यक मापदण्ड सिफारिस गरेको छ। अब हामी यी सबै कुरा दुवै सदनको कार्यव्यवस्था परामर्श समितिको बैठकमा राख्छौं र त्यहीअनुसार अघि बढ्छौं।
पहिलो कुरा त नियमित रूपमा बस्ने कुर्सीको दूरी कायम गर्नेबारे छलफल र काम सँगसँगै गरिरहेका छौं।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपतिज्यू आउनुहुन्छ। राष्ट्रपतिज्यू आउने दिन उहाँ बस्ने ड्यासमा पनि पहिलाको भन्दा फरक तरिकाले दूरी कायम गरेर बस्ने व्यवस्था मिलाइने छ। त्यहाँ हामीले एक मिटरको दूरीमा बस्ने व्यवस्था मिलाएका छौं।
दुवै हललाई स्प्रेमार्फत् डिस्इन्फेक्टेड गर्ने तथा अन्य सम्बन्धित सम्पूर्ण व्यक्तिको कार्यकक्ष र दलको कार्यकक्षमा समेत सरसफाई गरिँदैछ। सभाहलमा पस्नुअघि हात धुने, स्यानिटाइजर प्रयोग गर्ने तथा स्वास्थ्यसम्बन्धी विषयमा अन्य सावधानी अपनाउने व्यवस्था गरिएको छ।
प्रतिनिधिसभामा भएका कुर्सीहरू ६ वटा एउटै रोमा जोडिएर बनेका छन्। दुई सदन भएपछि कम संख्या हुने हिसाबले व्यवस्था गरिएको छ।
संयुक्त बैठक बस्दा प्रयोग गर्ने अर्को हलमा कुर्सी थप गर्ने गरेका थियौं। अहिले संयुक्त बैठक दुईपटक हुन्छ, सरकारको नीति तथा कार्यक्रम र बजेट पेश हुँदा। यसका लागि पनि व्यवस्था मिलाउँदै छौं।
दुई सदनको भिन्नाभिन्नै बैठक बस्ने सम्बन्धमा दूरी कायम र कुर्सी व्यवस्थामा खासै समस्या हुँदैन। संयुक्त बैठक व्यवस्थापनमा भने अलि दबाब पर्ने छ। यसलाई ख्याल गरेरै संक्रमणको सम्भावित जोखिम सकेसम्म कम गर्न लागिपरेका छौं।
हेर्नुहोस् भिडिओ
" />

">