‘निहारिका’ विमोचन
काठमाडौं। उपन्यास ‘निहारिका’ विमोचन गरिएको छ।

उपन्यासकार प्रकाश तिवारीको तेस्रो उपन्यास ‘निहारिका’ समीक्षक राजकुमार बानियाँ, कथाकार उमा सुवेदी र पत्रकार एवं कथाकार विमल नेपालले सर्वनाम थिएटरमा आयोजित कार्यक्रममा विमोचन गरे।

कथाकार विमल नेपालले उपन्यासबाट लेखकले सामाजिक विभेद्को यथार्थ उजागर गरेको बताए।

समीक्षक राजकुमार बानियाँले लेखकले परम्परागत शैली पछ्याए पनि दलित जनजीवनको स्वर उठाउन सक्नुनै ठूलो कुरा रहेको बताए।

यसअघि उनको २०७२ सालमा ‘परित्यक्त’ र २०७४ सालमा ‘निलोफर’ उपन्यास प्रकाशित भइसकेको छ।

‘निहारिका’मा पनि उनले अन्तरजातीय प्रेमसम्बन्ध र जातीय छुवाछुतको मुद्दा उठाएका छन् ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्