संघीय संसद्को महासचिवमा डा.भरतराज गौतमको नाम सिफारिस <p>काठमाडौं। संघीय संसद्को महासचिवमा नियुक्तिका लागि सचिवालयमा सचिव पदमा कार्यरत डा. भरतराज गौतमको नाम राष्ट्रपति समक्ष सिफारिस गरिएको छ।</p> <p>प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना दुवैले संयुक्तरूपमा ३ चैतदेखि रिक्त संघीय संसद्को महासचिव पदमा नियुक्तिका लागि सिफारिस गरेका हुन्।</p> <p>साविक लामाचौर-५, कास्कीका गौतमलाई संघीय संसद्का महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ३ बमोजिम योग्यता पुगेकाले सिफारिस गरिएको हो।</p> <p>पूर्व महासचिव मनोहरप्रसाद भट्टराईको अवधि सकिएपछि प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले कार्यवाहकको जिम्मेवारी सम्हालेका थिए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्