काठमाडौं। आफ्नो प्रदेशसँग सीमा जोडिएको प्रदेश ५ को बाँकेमा कोरोना भाइरस संक्रमण फैलिएपछि कर्णाली प्रदेशका सबै सीमानाका पूर्णरूपमा बन्द (सिल) गरिएको छ।
आज बसेको कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले सबै सीमानाका सात दिनसम्मका लागि सिल गर्ने निर्णय गरेको हो।
यसैगरी, प्रदेशका २५ स्थानमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली पठाउने निर्णय समेत भएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सचिवालयले जनाएको छ।
बाँकेको नेपालगञ्जमा हिजो एकैदिन १५ जनामा कोरोना भाइरस संक्रमण देखिएको थियो। त्यसअघि त्यहाँ एकजनामा मात्र संक्रमण देखिएको थियो।
" /> काठमाडौं। आफ्नो प्रदेशसँग सीमा जोडिएको प्रदेश ५ को बाँकेमा कोरोना भाइरस संक्रमण फैलिएपछि कर्णाली प्रदेशका सबै सीमानाका पूर्णरूपमा बन्द (सिल) गरिएको छ।आज बसेको कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले सबै सीमानाका सात दिनसम्मका लागि सिल गर्ने निर्णय गरेको हो।

">