सांसदद्वय बस्नेत र श्रेष्ठ, पूर्वआइजीपी खनालविरुद्ध अपहरणको उजुरी दर्ता

काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदद्वय महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी कसूरमा उजुरी दर्ता भएको छ।

जिल्ला सरकारी वकील कार्यालय, काठमाडौंले आज उजुरी दर्ता गरेको हो। सरकारी वकील कार्यालयका सहन्यायाधीवक्ता हरि रेग्मीले तीनैजनाविरुद्धको उजुरी आज दर्ता भएको देखापढीलाई बताए।

सरकारी वकील कार्यालयले उजुरीको अध्ययन गरेर थप प्रक्रियाका लागि प्रहरीलाई पठाउने छ।

तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद डा. सुरेन्द्र यादव आफ्नो अपहरण भएको भन्दै जाहेरी दिन यसअघि महानगरीय प्रहरी परिसर काठमाडौं र जिल्ला सरकारी वकील कार्यालय पुगेका थिए। दुवै ठाउँमा जाहेरी दर्ता गरिएको थिएन।

जिल्ला सरकारी वकील कार्यालयले भने जाहेरी दर्ता गर्न भन्दै गएको दिन अध्ययन गर्न समय लाग्ने भन्दै फर्काएको थियो। उजुरी दर्ता नभए सांसद डा.यादवले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दर्ता गराएका थिए।

प्रतिक्रिया दिनुहोस्