घर जान नपाएपछि नेपालगञ्‍ज विमानस्थल अगाडि धर्ना
बाँके। निजी वायुसेवा कम्पनीले उडान रोकेपछि हुम्ला जान जहाजको टिकट लिएका यात्रुहरू नेपालगञ्जमै अलपत्र परेका छन्।

अध्ययन, व्यापार र अन्य कामको सिलसिलमा जिल्ला बाहिर रहेकै समयमा कोभिड-१९ को जोखिम हुन नदिन लकडाउन जारी भएपछि अलपत्र परेका हुम्लाका नागरिक नेपालगञ्ज विमानस्थलमा अलपत्र परेका हुन्।

यहाँ कोरोनाको जोखिम बढेपछि निजी वायुसेवा कम्पनीले एकाएक उडान स्थगित गरेको बताइएको छ। यसअघि पछिल्ला दुई दिनमा यहाँबाट झण्डै ३०० यात्रुलाई हवाईमार्ग हुँदै सो जिल्ला ओसारिएको थियो । यहाँ रहेका ४९५ जनामध्ये अब अझै १९५ जना यही अलपत्र परेको अनुमान छ।

ती मध्ये आजका लागि टिकट लिएका ७० जनाभन्दा बढी यात्रु  विमानस्थलमा अलपत्र परेका छन्। टिकट काटिसकेका उनीहरूले विमानस्थल पुग्दा उडान नहुने जानकारी पाएपछि आफूहरू घर जान पाउनुपर्ने माग गर्दै विमानस्थल अगाडिको मुख्य सडकमै धर्ना दिनुपरेको जनाएका छन्।

हुम्ला जान टिकट काटेका वर्ष भण्डारीले विमानस्थलतर्फ जाँदा आजदेखि उडान नहुने जानकारी पाएपछि विमानस्थलको मुख्य प्रवेश मार्गमै धर्नामा बस्नुपरेको बताएका छन्। यहाँबाट सो स्थानमा उडान भर्दै आएका जहाजका पाइलटले उडान भर्न नमान्दा सो स्थान जाने यात्रु यहीँ रोकिएका हुन्।

समिट एअरले लकडाउन अवधिभर उडान स्थगित गरेको जनाएको छ। हुम्लावासीको मागलाई मध्यनजर गर्दै नागरिक ओसार्ने काम २० वैशाखबाट शुरू भएको थियाे।

सीता एअरका तीनवटा, तारा र समिट एअरका एक/एकवटा जहाजमार्फत् यहाँ अलपत्र परेका हुम्लाकाे नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाका नागरिकको उद्धार शुरू भएको थियो।

यीमध्ये विद्यार्थी, अपाङ्गता भएका व्यक्ति, ६०  वर्षमाथिका नागरिकलाई प्राथमिकता दिएर ओसार्न शुरू भएको थियो।

कोरोना भाइरसको जोखिम बढेपछि एकाएक उडान स्थगित गरिएको जनाइएको छ। जिल्ला बाहिर फसेका नागरिकलाई हवाईमार्गबाट उद्धारका लागि सो जिल्लाका जनप्रतिनिधिको आग्रहअनुसार पर्यटन मन्त्रालयले सडक सञ्जाल नजोडिएका हिमाली जिल्लाका नागरिकलाई उद्धार गर्ने निर्णय गरेको थियो। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्