काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले असंलग्न आन्दोलनको सम्पर्क समूहको अनलाइन शिखर सम्मेलनलाई सम्बोधन गर्ने भएका छन्।
अहिले ४ः४५ बजे शुरू हुने सम्मेलनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारस्थित् एक्सन रूमबाट प्रधानमन्त्रीले सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्।
यसअघि ८ र ९ कात्तिकमा अजरबैजानको राजधानी बाकुमा भएको असंलग्न आन्दोलन (नाम) का सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखको १८औँ शिखर सम्मेलनमा प्रधानमन्त्री ओली सहभागी भएका थिए।
असंलग्न आन्दोलन अन्तर्राष्ट्रिय संगठन (देशहरूको समूह) हो। यो आधिकारिक रूपमा कुनै पनि समूहमा संगठित हुन नचाहने वा कुनै पावर ब्लकको विरुद्धमा पनि लाग्न नमान्ने देशहरूको समूहको हो।
समूहको पहिलो सम्मेलन युगोस्लाभियाको बेलग्रेडमा सन् १९६१ मा भएको थियो ।
नेपाल असंलग्न आन्दोलनको संस्थापक राष्ट्र हो।
नेपालले स्थापनाकालदेखि नै सबै शिखर सम्मेलनहरूमा सक्रिय सहभागिता जनाउँदै आएको छ।
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले असंलग्न आन्दोलनको सम्पर्क समूहको अनलाइन शिखर सम्मेलनलाई सम्बोधन गर्ने भएका छन्।अहिले ४ः४५ बजे शुरू हुने सम्मेलनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारस्थित् एक्सन रूमबाट प्रधानमन्त्रीले सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्।

">