जिल्ला बाहिर जाने पास नदिने कैलाली प्रशासनको निर्णय
<p>कैलाली। जिल्ला प्रशासन कार्यालय कैलालीले लकडाउनको समयमा आवतजावतका लागि जारी गर्दै आएको विद्युतीय पास बन्द गरेको छ।</p>
<p>कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यान दिँदै लकडाउनलाई अझ कडाइ गर्न प्रशासनले आजदेखि ई-पास उपलब्ध नगराउने निर्णय गरेको हो।</p>
<p>कसैलाई अत्यावश्यक काम परेर जिल्ला बाहिर जानुपर्ने भएमा प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी सहमतिमा मात्र ई-पास दिइने प्रशासकीय अधिकृत यादवबहादुर भण्डारीले सार्वजनिक सूचना निकालेर जनाएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्