सुत्केरीलाई हेलिकप्टरबाट उद्धार गरेर काठमाडाैं पठाइयाे

कैलाली। धनगढीस्थित सेती अस्पतालमा उपचार गराइरहेकी एक सुत्केरीको आज हेलिकप्टरबाट उद्धार गरेर काठमाडाैं पठाइएकाे छ।

बझाङ केदारस्यू गाउँपालिकाकी ३३ वर्षीया जानकी रावल ११ दिन अघि सुत्केरी भएकी थिइन्।

पेट सुन्निन थालेपछि उनलाई डडेल्धुरा उपक्षेत्रीय अस्पताल पुर्‍याइएको थियाे। त्यहाँ उपचार सम्भव नभएपछि धनगढीकाे सेती प्रादेशिक अस्पतालमा ल्याइएकाे थियाे।

सेती अस्पतालमा पनि उपचार सम्भव नभएपछि आज सिम्रिक एअरकाे हेलिकप्टरमार्फत् त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल काठमाडाैं लगिएकाे हाे।

सुदूरपश्चिम प्रदेश सरकारकाे एअर लिफ्ट कार्यक्रमअन्तर्गत उनकाे उद्धार गरिएकाे सामाजिक विकास मन्त्रालयले जनाएकाे छ। ११ दिनकी छाेरीलाई भने धनगढीमा नै राखिएकाे छ।

प्रतिक्रिया दिनुहोस्