मास्क कालोबजारी गर्ने औषधि पसललाई दुई लाख जरिवाना <p>कैलाली। लकडाउनको मौका छोपेर कालोबजारी गर्ने दुई औषधि पसललाई कारवाही गरिएको छ।</p> <p>कारवाहीमा पर्नेहरूमा गोदावरी नगरपालिकाको अत्तरियामा रहेको हिमाल फार्मेसी र धनगढी उपमहानगरपालिको चौराहामा रहेको सरोज मेडिकल छन्।</p> <p>सर्जिकल मास्कमा ४७ दशमलव ६२ प्रतिशत बढी मूल्य लिएर बिक्री गरेको फेला परेपछि हिमाल फार्मेसीलाई दुई लाख रूपैयाँ जरिवाना गराइएको छ।</p> <p>त्यस्तै अनुगमनको क्रममा म्याद सकिएका औषधि भेटिएपछि सरोज मेडिकललाई उपभोक्ता संरक्षण ऐन २०७५ दफा ३८ (क) बमोजिम तत्काल २० हजार रूपैयाँ जरिवाना तोकिएको उपभोक्ता हित संरक्षण कार्यालय धनगढीका प्रमुख कमलबहादुर पुन मगरले बताए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्