तरुण दलका उपाध्यक्षद्वारा भोजपुरका स्थानीय तहलाई पीपीई र मास्क सहयोग <p>भोजपुर। नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाईले कोभिड-१९ विरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका लागि गृह जिल्ला भोजपुरमा पीपीई र मास्क सहयोग गरेका छन्।</p> <p>चापागाईले भोजपुरका दुई नगरपालिका र सात गाउँपालिकाका लागि ४५ थान पीपीई र तीन हजार ७०० थान मास्क सहयोग गरेका हुन्।</p> <p>एक कार्यक्रमका बीच ती सामग्री जिल्ला समन्वय समिति भोजपुरका प्रमुख लक्ष्मण खड्कालाई हस्तान्तरण गरिएको छ।</p> <p>सामग्री बुझ्दै संकटको बेलामा गरिएको यो सहयोगले कोरोना भाइरस संक्रमणसँग जुध्ने कार्यमा मद्त पुग्ने विश्वास जनाए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्