काठमाडौं। कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गएको ११ चैतदेखि लकडाउन लागू गरेको छ।
पछिल्लोपटक थपिएको लकडाउनको अवधि २५ वैशाखमा सकिँदैछ। लकडाउनको अवधि बढाउने वा स्वरूप परिवर्तन गर्ने भन्नेबारे छलफल पनि चलिरहेका छन्। यद्पी, अहिलेसम्म कुनै निर्णय भएको छैन।
नेपालमा लकडाउन लागू हुँदा कोरोना संक्रमणका जम्मा दुईवटा केस थिए। त्यसमा पहिलो संक्रमित निको भएर घर फर्किसकेका थिए भने दोस्रो केस ९ चैतमा १९ वर्षीया युवतीमा देखिएको थियो। उनीपनि ६ वैशाखमा डिस्चार्ज भइसकेकी छन्।
लकडाउनपछि परीक्षणको दायरालाई बढाइयो। जसका कारण संक्रमितको संख्या थपिँदै गयो। अहिले नेपालमा संक्रमितको संख्या ७५ पुगेको छ भने निको भएर घर फर्किनेको संख्या १६ छ।
लकडाउनको ४१औं दिनमा हिजो मात्रै पाँच नम्बर प्रदेशअन्तर्गत बाँकेको नेपालगञ्जमा १५ जना संक्रमित फेला परे। प्रदेश २ को वीरगञ्जमा एउटा केस थपियो।
सात प्रदेशमध्ये अब कर्णाली प्रदेशमा मात्र कोभिड–१९ को केस देखिन बाँकी छ। कर्णाली प्रदेशका सुर्खेत, रुकुम पश्चिम र सल्यानलाई ‘एल्लो जोनमा’ राखिएको छ भने बाँकी सात जिल्ला ‘ग्रीन जोन’मा छन्।
अहिलेसम्म कर्णाली प्रदेशमा ८ हजार ११३ वटा नमूनाको आरडीटी किट परीक्षण विधिबाट परीक्षण गरिएको छ। आरडीटीमा पोजिटिभ देखिएका केही नमूना पीसीआरमा नेगेटिभ आए।
अब, छिमेकी प्रदेशको सीमा जोडिएको जिल्लामा संक्रमण बढेपछि भने कर्णालीमा थप सतर्कता अपनाइएको छ। कर्णालीमा देखिएको छैन भनेर ढुक्क हुने अवस्था भने नरहेको स्वास्थ्यकर्मीहरू बताउँछन्।
आज मात्रै बसेको कर्णाली प्रदेश विपद् व्यवस्थापन समितिको बैठकले प्रदेशका सबै सीमानाका एक हप्ता सम्मका लागि पूर्णरूपमा बन्द (सिल) गर्ने निर्णय गरेको छ भने लकडाउनलाई थप कडाइ गर्ने भनेको छ।
हाल सबैभन्दा बढी प्रदेश नम्बर १ कोरोना संक्रमणबाट प्रभावित भएको छ। कुल संक्रमितको संख्या ७५ पुग्दा प्रदेश नम्बर १ मा मात्रै ३१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।
उनका अनुसार प्रदेश ५ मा १७ र प्रदेश २ मा १३ जनामा संक्रमण देखिएको छ। बागमती प्रदेशमा ७ र सुदूरपश्चिममा ५ जनामा संक्रमण देखिएको डा. देवकोटाले बताए।
संक्रमित ७५ मध्ये ५८ पुरुष र १६ जना महिला रहेका छन्। जसमा १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ५९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उनीहरू सबैको अवस्था सामान्य रहेको छ।
अहिले १०६ जना संकास्पद बिरामी आइसोलेसनमा उपचाररत् छन्। उपत्यकामा १ र उपत्यका बाहिर १०५ जना आइसोलेसनमा रहेका डा.देवकोटाले बताए। देशभरी २१ हजार ५२३ जना क्वारेन्टाइनमा रहेका छन्।
आजसम्म पीसीआर विधिबाट १३ हजार ६४० जनामा नमूना परीक्षण भएको छ। आरडीटी विधिबाट ५० हजार ८४५ जनाको परीक्षण भएको प्रवक्ता देवकोटाले बताए। पछिल्लो २४ घण्टामा १ हजार ३८२ जनाको परीक्षण भएको छ।
मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार प्रदेश १ मा ५ हजार ८३७, प्रदेश २ मा ५ हजार ७३६ र बागमती प्रदेशमा ८ हजार ६१० जनाको आरडीटी परीक्षण भएको छ।
यस्तैगरी, गण्डकी प्रदेशमा ५ हजार ८८२, प्रदेश नम्बर ५ मा ४ हजार ८३१ र सुदूरपश्चिम प्रदेशमा १४ हजार १३६ जनाको आरडीटी परीक्षण गरिएको छ।
" /> काठमाडौं। कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गएको ११ चैतदेखि लकडाउन लागू गरेको छ।पछिल्लोपटक थपिएको लकडाउनको अवधि २५ वैशाखमा सकिँदैछ। लकडाउनको अवधि बढाउने वा स्वरूप परिवर्तन गर्ने भन्नेबारे छलफल पनि चलिरहेका छन्। यद्पी, अहिलेसम्म कुनै निर्णय भएको छैन।

">