खुल्दै आएका बजार पुन: बन्द गर्ने कैलाली प्रशासनको निर्णय

कैलाली। आज अपरान्हदेखि यहाँ लकडाउन कडाइ गरिएको छ।

बाँकेमा १६ जनामा कोभिड-१९ देखिएसँगै कैलालीमा समेत लकडाउनको पालनामा थप कडा गर्ने निर्णय गरिएको हो।

कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यान दिँदै अपरान्ह ४ बजेदेखि धनगढीलगायतका बजारहरू पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए।

दुई दिनयता दुई घण्टा लकडाउन खुकुलो पारेको स्थानीय प्रशासनले आजदेखि पुनः कडाई गरेको हो।

जनजीवन सहज बनाउन दुई घण्टा खुकुलो पारिएको लकडाउनमा सर्वसाधारणहरू कामबिनै बाहिर निस्किने र जोखिमको बेवास्ता गर्न थालेपछि पूर्ववत: बन्द गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ।

कडाइ गरेसँगै सुरक्षाकर्मीहरूले बजारमा लकडाउन उल्लंघन गर्दै बाहिर निस्किएकाहरूको सवारीसाधन नियन्त्रण तीब्र पारेका छन्।

प्रतिक्रिया दिनुहोस्