असंंलग्‍न राष्ट्रका शीर्ष नेताहरूसँग प्रधानमन्त्रीको अनलाइन संवाद <p>काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओली आज सिंहदरबारस्थित एक्सन कक्षबाट असंलग्न आन्दोलन (नाम) को सम्पर्क समूहको अनलाइन शिखर सम्मेलनमा सहभागी भएका छन्।</p> <p>सम्मेलनको उद्घाटन अजरबैजानका राष्ट्रपति एवं नामका अध्यक्ष इल्याम एलियेबले गरेका थिए। संवादमा विश्वव्यापी महामारी भइरहेको कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि जारी पहल र विश्व समुदायको साझा दायित्व तथा नामको भूमिकाबारे विचार विमर्श भएको थियो।</p> <p>सो अवसरमा प्रधानमन्त्रीका साथ परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनका मुख्य सल्लाहकार विष्णु रिमालसहित उच्चपदस्थ अधिकारी सहभागी थिए। संयुक्त राष्ट्र संघपछि विश्वमा दोस्रो ठूलो राष्ट्रहरूको मञ्चकाे रूपमा नाम मानिन्छ। यसको स्थापना सन् १९६१ मा भएको थियो।</p> <p>विश्वमा कोरोना संकटपछि यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का शीर्ष नेताहरूको पनि भिडिओ संवाद भएको थियो। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्