covid19-sdmc.org मा जनाइएअनुसार सबैभन्दा धेरै संक्रमित र मृतक भारतमा छन्। त्यसपछि क्रमश: पाकिस्तान र बंगलादेशमा छन्। भारतमा एक हजार ३७३ जनाको मृत्यु भएको छ भने पाकिस्तानमा ४६२ र बंगलादेशमा १७७ जनाले ज्यान गुमाएका छन्।
कोभिड-१९ बाट हालसम्म एक जनाको पनि ज्यान नगुमाउने देशको सूचिमा दक्षिण एशियामा नेपाल र भुटान कायमै छन्। दुवै देशमा पछिल्लो २४ घण्टामा नयाँ संक्रमित पनि देखिएका छैनन्। हालसम्म नेपालमा ७५ जना संक्रमित भएकोमा १६ जना निको भइसकेका छन् भने भुटानमा सात जना संक्रमित भएकोमा पाँच जना निको भइसकेका छन्।
" />

">
दक्षिण एशियामा ७५ हजार संक्रमित, दुई हजारको मृत्यु: Dekhapadhi
दक्षिण एशियामा ७५ हजार संक्रमित, दुई हजारको मृत्यु
<p>काठमाडौं। नेपालसहित दक्षिण एशियाका आठ देशमा अहिलेसम्म कोभिड-१९ संक्रमितको संख्या ७५ हजार पुगेको छ। दुई हजार भन्दा बढीको ज्यान गइसकेको छ। दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा आवद्ध ८ देशमा हालसम्म ७५ हजार ९७० जना संक्रमित भएका छन्। २२ वैशाखसम्म मृतकको संख्या दुई हजार ९२ पुगेको छ। १७ हजार ८४९ जना संक्रमणमुक्त भएका छन्। </p>
<p>सार्कको 'प्रकोप व्यवस्थापन केन्द्र' द्धारा कोभिड-१९ सम्बन्धी सूचना आदान-प्रदान गर्नका लागि सञ्चालनमा ल्याइएको वेबसाइट <a href="http://covid19-sdmc.org/" target="_blank">covid19-sdmc.org </a>मा जनाइएअनुसार सबैभन्दा धेरै संक्रमित र मृतक भारतमा छन्। त्यसपछि क्रमश: पाकिस्तान र बंगलादेशमा छन्। भारतमा एक हजार ३७३ जनाको मृत्यु भएको छ भने पाकिस्तानमा ४६२ र बंगलादेशमा १७७ जनाले ज्यान गुमाएका छन्। </p>
<p>कोभिड-१९ बाट हालसम्म एक जनाको पनि ज्यान नगुमाउने देशको सूचिमा दक्षिण एशियामा नेपाल र भुटान कायमै छन्। दुवै देशमा पछिल्लो २४ घण्टामा नयाँ संक्रमित पनि देखिएका छैनन्। हालसम्म नेपालमा ७५ जना संक्रमित भएकोमा १६ जना निको भइसकेका छन् भने भुटानमा सात जना संक्रमित भएकोमा पाँच जना निको भइसकेका छन्। </p>