सुर्खेत। कर्णाली प्रदेश सरकारले मेशिनको सहायताले गर्न सकिने विकास निर्माणका आयोजनालाई निरन्तरता दिने निर्णय गरेको छ।
कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले त्यसरी आयोजना निर्माण गर्दा त्यहाँ खटिएका कामदारहरूलाई सम्बन्धित निर्माण व्यवसायीले समूहगत् आइसोलेसनमा राख्नुपर्नेछ।
बाँकेको नेपालगञ्जमा एकै दिन १५ जना संक्रमित भेटिएसँगै कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न यस प्रदेशमा कार्ययोजना बनाइएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सचिवालयले जनाएको छ।
त्यसअन्तर्गत प्रदेशमा प्रवेश गर्ने सबै सवारी तथा पैदल नाका गएरातिदेखि एक साताका लागि बन्द गरिएको छ।
भारत र तेस्रो देशबाट आएकाहरूको खोजी गरी उनीहरूको कोभिड-१९ पीसीआर विधिबाट परीक्षण गर्ने, दुर्गम स्थानमा स्थलमार्गबाट स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मी पुर्याउन नसक्ने अवस्थामा हेलिकप्टरको प्रयोग गर्ने निर्णय पनि गरिएको छ।
लकडाउनलाई प्रभावकारी बनाउन एक गाउँबाट अर्को गाउँको आवागमनलाई रोक्ने र भौतिक दूरी कायम गरी स्थानीय स्तरमा हुने कृषि तथा पशुजन्य क्रियाकलाप सञ्चालन हुन दिने पनि निर्णय गरिएको बताइएको छ।
" /> सुर्खेत। कर्णाली प्रदेश सरकारले मेशिनको सहायताले गर्न सकिने विकास निर्माणका आयोजनालाई निरन्तरता दिने निर्णय गरेको छ।कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले त्यसरी आयोजना निर्माण गर्दा त्यहाँ खटिएका कामदारहरूलाई सम्बन्धित निर्माण व्यवसायीले समूहगत् आइसोलेसनमा राख्नुपर्नेछ।

">