सवारी साधनले पैदा गर्ने धुलो र धुँवा, वनमा लाग्ने डढेलो, कृषि कार्य र औद्योगिक कर्मबाट उत्पन्न हुने यस्ता मसिना कणले मानिसको स्वास्थ्यमा गम्भीर असर पुर्याउँछन्।
यस्ता कणका कारण हुने वायुप्रदूषणले आँखा, नाक र घाँटी चिलाउने, छाती दुख्ने, श्वासप्रश्वासमा समस्या आउने, खोकी लाग्ने, मुटुको चालमा गडबडी हुने, हृदय रोग लाग्ने, दम हुने जस्ता स्वास्थ्य समस्या निम्त्याउँछ।
लकडाउनअघि काठमाडौंको वायुमण्डलमा ‘पी.एम.२.५’को मात्रा औसत भन्दा बढी छ। अहिले काठमाडौं उपत्यका र बाहिरका शहरमा यसको मात्रा १४ देखि २२ माईक्रोग्राम प्रतिघनमिटर रहने गरेको वातावरण विभागले बताएको छ।
वातावरणविद् प्रा.डा. केदार रिजाल यसलाई वातावरण स्वच्छताको शुभसंकेत मान्छन्। तर, लकडाउनपछि यही वातावरण कायम राख्न भने समस्या पर्ने उनको चिन्ता छ।
“लकडाउनपछि वायुको यो गुणस्तर लामो समयसम्म कायम रहन सक्दैन। अझ लकडाउन खुलेपछि कलकारखाना र उद्योग दोब्बर चल्ने भएकाले वायु प्रदूषण बढ्ने अत्यधिक सम्भावना छ। सरोकारवालाहरू भविष्यका लागि अहिले सजग पनि बन्नुपर्छ”, प्रा.डा. रिजाल भन्छन्।
लकडाउनका कारण काठमाडौंको वायुको गुणस्तरमा २००८ सालपछिकै सुधार भएको वातावरण विभागका निरिक्षक भुपेन्द्र शर्मा बताउँछन्।
प्रदूषणका स्रोत
त्रिभुवन विश्वविद्यालयको केन्द्रीय वातावरण विज्ञान विभागले सन् २०१७ मा गरेको एक अध्ययन अनुसार डिजेलबाट चल्ने र पुराना गाडी काठमाडौं उपत्यकामा वायु प्रदूषणका मुख्य स्रोत हुन्।
काठमाडौंका ६ वटा स्थानमा चल्ने १२ हजार ३९ वटा सवारी साधनमा गरिएको उक्त अनुसन्धानले सिंगो वायु प्रदूषणमा कुन गाडीको कति भूमिका छ भन्ने आँकडा निकालेको थियो।
उक्त आँकडा अनुसार सबैभन्दा धेरै प्रदूषण पिकअप भ्यानले (२६ प्रतिशत) गर्छ। त्यसपछि क्रमशः ट्रक (२५ प्रतिशत), टिपर (१६ प्रतिशत), ट्यांकर (१२ प्रतिशत), ट्याक्टर (९ प्रतिशत), बस (९ प्रतिशत), मिनिबस (२ प्रतिशत) र माइक्रोबस (१ प्रतिशत) ले प्रदूषण गर्छन्।
सबैभन्दा रोचक त उक्त अध्ययनले निकालेको अर्को निष्कर्ष छ। अध्ययनका अनुसार सवारी साधनहरूले ठीक समयमा सर्भिसिङ गर्दा मात्रै ‘पी.एम.२.५’ उत्सर्जनमा ६६ प्रतिशतले कमी आउँछ।
सन् २०१७ मा गरिएको उक्त अनुसन्धानपछि सवारी साधनका कारण हुने प्रदूषण अझ बढेको अनुमान गर्न सकिन्छ।
यातायात विभागका अनुसार काठमाडौं उपत्यकामा वर्षेनी २२ प्रतिशतका दरले सवारी साधनको संख्या बढ्छ। थपिएका सवारी साधनले वायु प्रदूषणमा प्रशस्त योगदान गरेका छन्।
लकडाउनका कारण केही समयका लागि वायुको गुणस्तर सुधारिएको भए तापनि यसलाई कायम राख्न पुराना र डिजेलबाट चल्ने सवारी साधन विस्थापित गरी विद्युतीय साधनको प्रयोग गर्नु नै दिर्घकालीन उपाय हुने वातावरणविद् प्रा. डा. केदार रिजाल बताउँछन्।
अहिलेको वायु गुणस्तर कायम राख्न शहरी हरियाली, कौशी खेती, सडकमा बोटविरुवा, विद्युतिय सवारी साधनको प्रयोग, निजी नभई सार्वजनिक सवारी साधनमा जोड दिनुपर्ने उनको सुझाव छ।
किन चाहिन्छ शुद्ध वायु ?
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक वर्ष वायु प्रदूषणका कारण मात्रै ७० लाख मानिसको मृत्यु हुने गरेको छ।
संगठनका अनुसार वायु प्रदूषणका कारण मासिक पाँच लाखको निधन हुन्छ।
वायु प्रदूषणका कारण हृदयघात, फोक्सोको क्यान्सर, न्युमोनिया, आँखा, नाक र घाँटीको समस्या, श्वासप्रश्वासमा कठिनाई लगायतका स्वास्थ्य समस्या देखिन्छन्।
" />

">