कोभिड-१९ विरुद्धको लडाईंमा तीन ट्रिलियन डलर ऋण लिँदै अमेरिका

वासिङ्टन। कोभिड-१९ को महामारीका कारण उत्पन्न सामाजिक-आर्थिक जटिलतालाई मध्यनजर गर्दै अमेरिकाले तीन ट्रिलियन डलर ऋण लिने तयारी थालेको छ।

उक्त रकम राहत प्याकेजलगायत शीर्षकमा खर्च गर्ने सरकारी तयार रहेको बीबीसीले उल्लेख गरेको छ।

सन् २०२० को दोस्रो त्रैमासिकमा अमेरिकाका लागि ऋण लिनैपर्ने बाध्यता उत्पन्‍न भएको छ।

यसअघि सन् २००८ को वित्तीय संकटको दौरान अमेरिकाले लिएको ऋणभन्दा पाँच गुणाभन्दा पनि ज्यादा हो, अहिले लिने तयारी गरिएको कर्जा।

उक्त रकम स्वास्थ्य सेवा मात्र नभई सीधै व्यक्तिको खातामा पैसा ट्रान्सफर गर्न पनि उपयोग गरिने सरकारले जनाएको छ।

योसहित अमेरिकाको कुल ऋण २५ ट्रिलियन डलर भएको छ।

कोभिड-१९ महामारीसँग जुध्‍न घोषणा गरिएको आर्थिक प्याकेज अमेरिकी अर्थव्यवस्थाको करिब १४ प्रतिशत हो।

प्रतिक्रिया दिनुहोस्