मंगल ग्रहमा कुनै समयमा जीवन रहेको वैज्ञानिकहरूको निष्कर्ष

वासिङ्टन। वैज्ञानिकहरूको एक अनुसन्धानबाट सुदूर विगतमा मंगल ग्रहमा जीवनका लागि उपयुक्त वातावरण रहेको पत्ता लागेको छ।

सन् १९८४ मा वैज्ञानिकहरूले अन्टार्कटिकाको एलन हिल्स क्षेत्रमा मंगल ग्रहबाट खसेको एक उल्कापिण्ड फेला पारेका थिए। उक्त उल्कापिण्ड चार अर्ब वर्ष पहिलेको मंगल ग्रहको चट्टान रहेको वैज्ञानिकहरूको अनुमान छ। सोही उल्कापिण्डको अध्ययनबाट वैज्ञानिकहरूले मंगलमा विगतमा जीवन रहेको निष्कर्ष निकालेका हुन्।

उक्त उल्कापिण्ड करिब १३ हजार वर्षअघि पृथ्वीमा खसेको अनुमान छ। त्यसलाई वैज्ञानिकहरूले एलान हिल्स ८४००१ नाम दिएका छन् ।

नेचर कम्युनिकेसन्समा हालै प्रकाशित एक रिपोर्टअनुसार उक्त उल्कापिण्डको अध्ययनबाट मंगल ग्रहमा नाइट्रोजनयुक्त कार्बनिक यौगिकको पहिचान भएको छ, जुन जीवनको एक महत्वपूर्ण पाटो हो। यस दुर्लभ उल्कापिण्डबाट देखिन्छ, मंगल ग्रहमा कुनै समयमा उक महासागर रहेको संकेत मिलेको वैज्ञानिकहरूको भनाइ छ।

जापान एरोस्पेस एक्स्प्लोरेसन एजेन्सी (जेएएक्सए)का ग्रहसम्बन्धी वैज्ञानिक मिजुहो कोइके नेतृत्वको टोलीले उक्त अध्ययन गरेको हो।

‘मंगल ग्रहमा कार्बनिक पदार्थहरूको उत्पत्तिको बुझ्नु आधुनिक ग्रह विज्ञानमा एक महत्वपूर्ण मुद्दा हो,’ कोइके भन्छन्।

प्रतिक्रिया दिनुहोस्