नेपालगञ्जमा थप सातजनामा कोभिड-१९, संक्रमितको संख्या ८२ पुग्यो

काठमाडौं। बाँकेको नेपालगञ्‍जमा थप सातजनामा कोरोना भाइरस संक्रमण देखिएको छ।

भेरी अस्पताल नेपालगञ्‍जको प्रयोगशालामा गरिएको परीक्षणमा ती सातजनाको कोभिड-१९ नतिजा पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या ८२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले विज्ञप्तिमार्फत् तीन महिला र ४ पुरुषमा कोभिड-१९ पुष्‍टि भएको जानकारी गराएका छन्।

उनीहरू नेपालगञ्‍ज उपमहानगरपालिका-८ निवासी २२, ३० र ४० वर्षका पुरुष र ३२, ३४ र ५५ वर्षका महिलाहरू छन्। थप ९ वर्षीया एक बालिकामा पनि संक्रमण पाइएको छ।

यसअघि २१ वैशाख एकैदिन त्यहाँ १५ जनामा कोरोना भाइरस संक्रमण फेला परेको थियो। त्यसअघि त्यहाँ एकजनामा मात्र संक्रमण देखिएको थियो।

प्रतिक्रिया दिनुहोस्