काठमाडौं। स्वास्थ्यकर्मी तथा चिकित्सकको तलब कटौति गर्ने, सेवा प्रवाहमा विभेद गर्ने निजी अस्पतालहरूको निर्णयप्रति नेपाल चिकित्सक संघले विरोध जनाएको छ।
विज्ञप्ति निकालेर संघले महामारीको यो समयमा थप सुविधा र सीप उपलब्ध गराई दक्ष जनशक्तिको सदुपयोग गर्नुपर्नेमा ध्यानाकर्षण गराएको छ।
'कोभिड-१९ को उपचारमा खटिने निजी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई पनि सरकारी कर्मचारीसरहकै सुविधा दिने मन्त्रिपरिषद्को निर्णयले देशभरका स्वास्थ्यकर्मी र चिकित्सकहरूलाई थप हौसला प्रदान गरेको सबैमा विदितै छ', महासचिव डा. बद्री रिजालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, 'सरकारको उक्त सकारात्मक निर्णयको भावना र मर्म विपरित यस महामारीमा दत्तचित्त भई स्वास्थ्य सेवा प्रवाह गरिरहेका स्वास्थ्यकर्मी तथा चिकित्सकहरूको सेवा सुविधा कट्टी गर्ने, अनुमति बेगर राहत कोषमा रकम जम्मा गर्न दबाब सिर्जना गर्ने, बिभेदीकरण गर्ने कार्य कदापी न्यायोचित हुन सक्दैन।'
संघले स्वास्थ्यसँग सरोकार राख्ने जिम्मेवार निकायले स्वास्थ्यकर्मी र चिकित्सकहरूको मनोबल गिराउने विभेदपूर्ण निर्णय मान्य नहुने भन्दै संघले त्यस्ता निर्णय कार्यान्वयन नगर्न/नगराउन चेतावनी दिएको छ।
" /> काठमाडौं। स्वास्थ्यकर्मी तथा चिकित्सकको तलब कटौति गर्ने, सेवा प्रवाहमा विभेद गर्ने निजी अस्पतालहरूको निर्णयप्रति नेपाल चिकित्सक संघले विरोध जनाएको छ।विज्ञप्ति निकालेर संघले महामारीको यो समयमा थप सुविधा र सीप उपलब्ध गराई दक्ष जनशक्तिको सदुपयोग गर्नुपर्नेमा ध्यानाकर्षण गराएको छ।

">