माल्दिभ्स र यूएईमा रोकिएका नागरिकलाई ल्याउन भारतले पठायो पानीजहाज
नयाँदिल्ली। माल्दिभ्स र युनाइटेड अरब इमिरेट्स (यूएई)मा रोकिएका नागरिकलाई फिर्ता ल्याउन भारतले तीनवटा पानीजहाज पठाउने भएको छ।
रक्षा मन्त्रालयका अधिकारीहरूका अनुसार सोमबार राति माल्दिभ्सतर्फ दुई र यूएईका लागि एउटा पानीजहाज पठाइएको हो।
सरकारी समाचार एजेन्सीले प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार दुबई र अबुधाबीस्थित मिसनमा करिब दुई लाख भारतीय नागरिक दर्ता छन्।
विदेशमा रोकिएका नागरिकलाई फर्काउन भारतले ७ मेदेखि चरणबद्ध योजना बनाएको छ। त्यसका लागि पानीजहाज र विमानहरू तयारी अवस्थामा राखिएको अधिकारीहरूले जनाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्