काठमाडौं। संघीय संसद्का नवनियुक्त महासचिव डा. भरतराज गौतमलाई केही बेरमा पद तथा गोपनियताको शपथ गराईँदैछ।
गौतमलाई सभामुख अग्निप्रसाद सापकोटाले १२ बजेर ५ मिनेटमा एक समारोहका बीच शपथ गराउने कार्यक्रम तय भएको संसद सचिवालयले जनाएको छ।
शपथ ग्रहण समारोहमा राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, संसदीय दलका नेता, सचेतक, विभिन्न संसदीय समितिका सभापतिलगायत उपस्थिति हुने र सावधानीका साथ सामाजिक दूरी कायम गरिने बताइएको छ।
प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको संयुक्त सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई हिजो नियुक्त गरेकी थिइन्।
पूर्वमहासचिव मनोहरप्रसाद भट्टराईको पदावधि सकिएपछि प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले कार्यवाहकको जिम्मेवारी सम्हालेका थिए।
" /> काठमाडौं। संघीय संसद्का नवनियुक्त महासचिव डा. भरतराज गौतमलाई केही बेरमा पद तथा गोपनियताको शपथ गराईँदैछ।

">